Skip This
वीरमा आइपुग्यो ४५ सय एक्सरे फिल्म सिट, १५ दिनलाई अभाव टर्‍यो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १० आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १० आइतबार o६:२o:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वीरमा आइपुग्यो ४५ सय एक्सरे फिल्म सिट, १५ दिनलाई अभाव टर्‍यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १० आइतबार o६:२o:oo

देशकै पुरानो सरकारी अस्पताल वीरमा देखिएको ‘एक्सरे फिल्म सिट’ को अभाव केही दिनलाई टरेको छ । बिहीबार ठेकेदार कम्पनीले चार हजार पाँच सय थान एक्सरे फिल्म ल्याएपछि करिब १५ दिनलाई अभाव टरेको हो । 

एक्सरे रिपोर्ट प्रिन्ट गर्ने ‘फिल्म सिट’ अभाव भएको भन्दै २२ कात्तिकयता बिहीबारसम्म बहिरङ सेवा (ओपिडी)का सिटी, एमआरआई र एक्सरेतर्फका बिरामीलाई दिइने सेवा प्रभावित भएको हो । त्यसबेलासम्म अस्पतालले फिल्म सिट सकिएको भन्दै विरामीलाई निजी ल्याबमा पठाउने गरेको थियो । तर ठेकेदार कम्पनीले चार हजार पाँच सय थान एक्सरे सिट ल्याएकाले १५ दिनलाई अभाव टरेको वीरका मेडिकल स्टोर प्रमुख टीकाराम पनेरुले जानकारी दिए ।   

फिल्म सिट सकिए पनि सेवा रोक्नुपर्दैन, पेनड्राइभ वा सिडीमा फिल्म दिन सकिन्छ : डा. सन्तोष पौडेल निर्देशक, वीर अस्पताल
केही कर्मचारीले पाँच प्याकेट फिल्म सिट हुँदाहुँदै पनि लुकाएर कृत्रिम अभाव सिर्जना गरेका थिए, मैले यसअघि खोज्दा भेट्टाएँ, मंगलबार र बुधबार पनि केही कर्मचारीले बिरामीलाई त्यसरी फर्काएको पाएँ । फिल्म सकिँदैमा सेवा नै अवरुद्ध हुने होइन, पेनड्राइभ वा सिडीमा पनि फिल्म दिन सकिन्छ । ठेकेदार कम्पनीले बिहीबार चार हजार ५ सय थान ल्याइसकेको छ, बाँकी ल्याउनलाई भुक्तानीको समस्या पनि हो । 

विरामीको चापका कारण वीरमा दैनिक तीन सयभन्दा बढी बिरामीको सिटी, एमआरआई तथा एक्सरे गर्नुपर्छ । मासिक करिब एक हजार फिल्म एक्सरे सिट चाहिन्छ । तर २२ कार्तिकदेखि ७ असारसम्म एक्सरे सिट बन्द हुँदा विरामी मारमा परेका थिए । ‘पाखुराको एमआरआई गर्नुपर्ने थियो, तर यहाँको ल्याब बन्द भएको भन्दै हामीलाई फर्काइयो,’ बुधबार वीरमा भेटिएका बिरामी दाङका अनुपम अधिकारीले गुनासो गरे, ‘अरू अस्पतालमा पुगेर सिटिस्क्यानको रिपोर्ट ल्याउन भन्नुभएको छ ।’ 

तर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भने ‘फिल्म सिट’को अभावले सेवा प्रभावित हुने अवस्था नभएको भन्दै केही कर्मचारीले कृत्रिम अभाव गराएको दाबी गरे । ‘केही कर्मचारीले पाँच प्याकेट फिल्म सिट हुँदाहुँदै पनि लुकाएर कृत्रिम अभाव सिर्जना गरेका थिए, मैले यसअघि खोज्दा भेट्टाएँ, मंगलबार र बुधबार पनि केही कर्मचारीले बिरामीलाई त्यसरी फर्काएको पाएँ,’ उनले भने, ‘बिहिबार थप फिल्म सिट आएको छ, फिल्म सकिँदैमा सेवा नै अवरुद्ध हुने होइन, पेनड्राइभ वा सिडीमा पनि फिल्म दिन सकिन्छ ।’

डा. पौडेलले ठेकेदार कम्पनीले पर्याप्त मात्रामा नल्याएको अवस्थामा ‘फिल्म सिट’को अभाव भए पेनड्राइभमा भए पनि फिल्म दिएर पठाउन चिकित्सक र कर्मचारीलाई निर्देशन दिए । ‘ठेकेदार कम्पनीले बिहिबार चार हजार पाँच सय थान एक्सरे सिट ल्याइसकेको छ, बाँकी ल्याउनलाई भुक्तानीको समस्या पनि हो,’ उनले भने, ‘पर्याप्त एक्सरे फिल्म सिट नहुँदा पेनड्राइभमा भए पनि फिल्म दिएर पठाउनू, सेवाबाट वञ्चित नगर्नू ।’

एक्सरे फिल्म सिट सकिनुभन्दा दुई महिनाअघि नै गत साउनमा भाजुरत्न मेडिकेयर प्रालिसँग एक्सरे फिल्म सिट खरिदका लागि अस्पताल प्रशासनले टेन्डर सम्झौता गरेको थियो ।