१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिर्गौलापीडित पुतलीदेवी भन्छिन्- गरिबीले अस्पताल र आफन्त टाढा भए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

गुल्मी रेसुंगा नगरपालिका– ८ की ५८ वर्षीया पुतलीदेवी थापाका दुवै मिर्गौला फेल भएका छन्। निरोगी शरीर हुँदा घन्टाैँ हिँडेर घाँसपात गरेकी थापालाई अचेल बिस्तारा छोडेर जमिन टेक्न मुस्किल परिरहेको छ। 

श्रीमान् भीमबहादुर थापाको निधनपछि पुतलीदेवीलाई पनि मुटुको समस्या देखियो। बुटवल पुगेर उपचार र फ्लोअप गर्थिन्। त्यही वेला उनका दुवै मिर्गाैला पनि फेला भए। भएको पैसा उपचारमा सकियो। अहिले उनलाई रोग र गरिबीले सँगै सताएको छ। ‘गरिबीले अस्पताल र आफन्त टाढा बनाउँदो रहेछ,’ थापाले भनिन्। 

उनका छोरा भुवनले लामो समय मिर्गाैला फेल भएबारे आफूलाई जानकारी नगराएका कारण समस्या धेरै बल्झिएको बताए। ज्याला मजदुरीबाट गुजारा गरिरहेका भुवनको पनि अहिले काम छैन। 

उनले मजदुरी गरेर बिहान–साँझको हातमुख जोड्ने उपाय नभएकाले लाखौँ रुपैयाँ जुटाएर अस्पताल पुर्‍याउन नसकिएको बताए। ‘मैले र बहिनीले केही पैसा जोहो गरेर मुटुको उपचार गरिरहेका वेला मिर्गौलाको समस्या थपियो। आमाको उपचार गर्ने निकै गाह्रो पर्‍याे,’ उनले भने, ‘अस्पतालले डाइलाइसिस गर्न भने पनि लैजान सकिएन।’ 

देउसीभैलोबाट उठेको रकम सहयोग

गुल्मीको हाम्रो रेसुंगा समाजले देउसी र भैलो खेलेर संकलन गरेको रकम मिर्गौलापीडित थापालाई प्रदान गरेका छन्। 

समाजले ५ मंसिरमा खानीगाउँमा खेलेको देउसीभैलोबाट खेलेर संकलन भएको २० हजार रुपैयाँ छोरा भुवन थापालाई प्रदान गरिएको समाजका अध्यक्ष सरिश्मा नेपालीले जानकारी दिइन्।