१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १o:३१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरले ल्यायो २५ तलासम्म आगो निभाउन सक्ने दमकल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३१:oo

ललितपुर महानगरपालिकाले २५ तलासम्म अगो निभाउन सक्ने दुईवटा नयाँ दकमल ल्याएको छ । पाँच पाँच करोड ६५ लाख रुपैयाँमा इजुसी कम्पनीबाट खरिद गरिएका यी अत्याधुनिक प्रविधियुक्त दमकलको उद्घाटन महानगरका मेयर चिरिबाबु महर्जनले बुधबार गरेका छन् ।

नयाँ दमकलसँगै महानगरपालिका अग्नि नियन्त्रण तथा विपत् व्यवस्थापन न्यूनीकरणमा प्रयोग हुने दमकल संख्या ६ वटा भएको छ । महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार यी दमकल निकै प्रभावकारी र बहुउपयोगी छन् ।

‘पुराना दमकलमा बाटोमै बिग्रनेजस्ता समस्या थिए, सबै प्रकारका विपत्मा प्रयोग गर्न मिल्ने थिएन, तर यी दमकल निकै उपयोगी छन्, उकालो ओरालोमा सहजै गुड्ने, २५ तलासम्म आगो नियन्त्रण गर्न सक्ने, पेट्रोल पम्पमा भएको आगलागीसमेत नियन्त्रण गर्न सक्नेछन्,’ उनले भने, ‘दमकलमा चहकिलो लाइट पनि फिट गरिएको छ ।’

यी दमकलमा दुई हजार पाँच सय लिटर पानी अट्ने र तीन सय लिटर फोम अट्ने ट्यांकी छ । उनका अनुसार नयाँ दमकल थपिएसँगै विपत् व्यवस्थापनमा सहज हुने अनुमान गरिएको छ ।