१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेकाहरूको निवेदन हेर्दाहेर्दैमा, आज पनि थुनछेक बहस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५६:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरूको निवेदन बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारदेखि उच्च अदालत पाटनको संयुक्त इजलासमा सुनुवाइ सुरु भएकोमा बुधबार पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले यो निवेदनमाथि सुनुवाइ गर्दै छ । बिहीबार पनि सुनुवाइ निरन्तर रहनेछ । नक्कली भुटानी शरणार्थीबारे २१ वटा निवेदन विभिन्न मितिमा उच्चमा दर्ता भएका हुन् । जसमध्ये दुईवटा सरकारी पक्षले दर्ता गराएको हो । जिल्ला अदालत काठमाडौंले धरौटीमा छाडेका टंक गुरुङ र केशव तुलाधरलाई प्रतिवादी बनाउँदै निवेदन दर्ता भएको हो । 

निवेदन लिएर जाने अन्य १९ जना भने प्रतिवादी हुन् । जिल्ला अदालत काठमाडौंले टेकनारायण पाण्डे, सानु भण्डारी, आङटावा शेर्पा, इन्द्रजित राई, हरिभक्त महर्जन, सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, टेकनाथ रिजाल, केशवप्रसाद दुलाल, बालकृष्ण खाण, टोपबहादुर रायमाझी, सागर राई र रामशरण केसीलाई १ असारमा काठमाडौं अदालतले थुनामा पठाउने आदेश गरेको थियो ।

यसैगरी, जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले लक्ष्मी महर्जन र टंकबहादुर गुरुङलाई धरौटीमा रिहा गरे पनि उनीहरू पनि उच्च पुगेका हुन् । जिल्ला अदालतबाट भएको आदेश बदर हुनुपर्ने माग वादीहरूको छ । 

यी निवेदनमाथि यसअघि कैफियत प्रतिवेदन झिकाउने आदेश भएकोमा सबै निवेदकको प्रतिवेदन प्राप्त भएपछि सुनुवाइ सुरु भएको हो । पाटनको संयुक्त इजलासले बिहीबार पनि यस विषयमा सुनुवाइ गर्नेछ । तिहारअघि यस निवेदमाथि ५ मंसिरको मिति नै किटेर पेसी तोकिएको थियो । नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ ठगेको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत १० जेठमा ३० जनालाई प्रतिवादी बनाई मुद्दा दर्ता गराएको थियो । प्रतिवादीहरूविरुद्ध ठगी, संगठित अपराध, लिखत किर्ते र राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको छ । यस प्रकरणमा सबै प्रतिवादीमाथि गरी कुल २८ करोड ८१ लाख ७४ हजार रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।