१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १७:२१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रथम केपी ओली कप टी-२० प्रतियोगिताको तयारी पूरा

१२ टोलीले प्रतिस्पर्धा गर्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामबाट हुन लागेको ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ को तयारी पूरा भएको छ। 

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा तथा एकेडेमीको कास्की शाखाको व्यवस्थापनमा ७ देखि १५ मंसिरसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियागिताको तयारी पूरा भएको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी तीन विभागीय, सात प्रदेश र एकेडेमीका दुई गरी १२ टोलीले प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रतियोगितामा सहभागी हुने १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। 

समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो रहेका छन्। समूह ‘बी’ मा एपिएफ, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश छन् भने समूह ‘डी’ मा आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो छन्।

प्रतियोगिताअन्तर्गत ७ गतेको उद्घाटन खेलमा बागमती र आयोजक एकेडेमीको रातो टिम भिड्ने भएका छन्। यस्तै, ८ गते पहिलो खेल कर्णाली-बागमती र दोस्रो खेल एपिएफ/गण्डकी, ९ गते पहिलो खेल आयोजक रातो-कर्णाली र दोस्रो खेल लुम्बिनी-एपिएफ, १० गते पहिलो खेल लुम्बिनी-गण्डकी र दोस्रो खेल पुलिस/मधेश, ११ गते पहिलो खेल मधेश-सुदूरपश्चिम र दोस्रो खेल आर्मी/आयोजक निलो, १२ गते पहिलो खेल सुदूरपश्चिम-पुलिस दोस्रो खेल कोशी-आर्मी, १३ गते आयोजक निलो-कोशी प्रदेशबीच खेल हुने आयोजक एकेडेमीका महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन्।

१३ गते लिग चरणका खेल सम्पन्नसँगै १४ गते चार समूहका समूह विजेताबीच सेमिफाइनलका खेल हुनेछन्। १४ गते पहिलो खेल समूह ‘ए’ समूह ‘डी’को विजेता र दोस्रो खेल समूह ‘बी’ समूह ’सी’ को विजेताबीच हुनेछ। प्रतियोगिताको उपाधिको लागि १५ गते खेल हुनेछ 

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एकेडेमीका उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज राजेशकुमार गुरुङले जानकारी दिए। 

यसैगरी, म्यान अफ द सिरिजलाई ३० हजार, वेस्ट ब्याट्स म्यान र बलरलाई २० हजार, म्यान अफ द म्याचले पाँच हजार नगदसँगै सिल्ड प्राप्त गर्ने, प्रतियोगिता सम्पन्न गर्न करिब ७७ लाख खर्च हुने अनुमान आयोजकको रहेको उपाध्यक्ष गुरुङले जानकारी दिए। प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको एकेडेमीका कास्की अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिए।