१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मुख्य समाचार डिजिटल संस्करण

पुल्चोक क्षेत्रमा पनि निषेधाज्ञा, ६ महिना विरोध प्रदर्शन गर्न नपाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o१:oo

ललितपुर जिल्ला प्रशासनले पुल्चोक क्षेत्रमा नारा, जुलुस, धर्ना, अनशन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ।

पुल्चोकस्थित युएन हाउस र मन्त्रीनिवासको सुरक्षा संवेदनशीलता देखाउँदै जिल्ला प्रशासनले मंसिर ५ देखि आगामी ६ महिना विरोधका कार्यक्रम गर्न रोक लगाएको हो। 

‘पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र’ प्रदर्शन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा भनिएको छ।

यसअघि सोमबार काठमाडौं जिल्ला प्रशासनले एक महिनाका लागि माइतीघर–नयाँबानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।