१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर ५ मंगलबार ११:३७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भूकम्पपीडितलाई युनिलिभर नेपालको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर ५ मंगलबार ११:३७:००

युनिलिभर नेपाल लिमिटेडले जाजरकोट र रुकुम–पश्चिमका भूकम्पपीडितका लागि नगद तथा राहत सामग्री सहयोग गरेको छ । कम्पनीले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा घरविहीनको सहयोगार्थ सहयोग गरेको हो । 

भूकम्पको भोलिपल्टै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राइफुड, हर्लिक्स, सुपलगायतका तत्काल राहत सामग्री पुर्‍याएको कम्पनीले जनाएको छ । सहयोग प्रदान गर्दा मानवीय तथा भौतिक क्षतिले हुने पीडा आफैँले महसुस गरेको कम्पनीले उल्लेख गरेको छ ।

यसका साथै नेपाल सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई साथ दिनका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको कम्पनीले उल्लेख गरेको छ ।

 विगतका अन्य प्राकृतिक प्रकोपमा जस्तै गरी लचिलो भावनाका साथ युनिलिभर नेपाल लिमिटेडले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै सहयोग रकमको चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको जनाइएको छ ।