१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पर्यावरणीय स्थिरतामा युनिलिभर नेपाल हरित ऊर्जातर्फ कदम बढाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५७:oo

हेटौँडामा रहेको युनिलिभर नेपालको कारखानाले हालसालै युनिलिभर दक्षिण एसियामा पहिलो प्रकारको विद्युतीय बोइलर सञ्चालन गरेको छ । जुन विद्युतीय हिटरबाट स्टिम उत्पादन गर्ने अनौठो प्रविधि हो । यसले साइटलाई तताउने प्रक्रियाका लागि जीवाश्म इन्धनबाट बाहिर सार्न सक्षम बनाउँछ । कारखानामा हाल ९० प्रतिशत ऊर्जा खपत हुन्छ, जुन दिगो ऊर्जाबाट प्राप्त हुन्छ । जसमा २० प्रतिशत आन्तरिक सौर्य बिजुली उत्पादन प्लान्ट र बाँकी ७० प्रतिशत ग्रिडबाट हुन्छ । 

पछिल्लो एक वर्षमा युनिलिभर नेपालको फ्याक्ट्रीले ६ करोडको लगानीमा कार्बनडाइअक्साइड उत्सर्जन कम गर्न धेरै नयाँ प्रविधि स्थापना गरेको छ । यो बोइलर परियोजना नेट जिरोतिर एक कदम हो । साइटले निकट भविष्यमा डिजेल जेनेरेटर चलाउन बायोडिजेलमा सार्ने योजना बनाएको छ । यसले साइटलाई शतप्रतिशत हरित ऊर्जाका साथ सञ्चालन गर्न सक्षम बनाउँछ ।

उद्घाटन समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक तथा सिइओ अमलन मुखर्जीले भने, ‘हामी युनिलिभर, नेपालमा हाम्रो सञ्चालनलाई नेट जिरोतर्फ लैजान प्रतिबद्ध छौँ र हाम्रो अत्याधुनिक कारखानामा विद्युतीय बाँयलरको स्थापना यस्तै एउटा कदम हो, जुन हाम्रो ग्लोबल युनिलिभर दिगोपन लक्ष्यहरूसँग इनलाइन रहेको यस दिगोपन कार्यका लागि प्रमाण हो ।’

ad
ad