१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माडीमा नेपालको अग्लो चक्रशिला स्थापना हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२९:oo

 चितवनको माडीमा नेपालकै ठूलो चक्रशिला (शालिग्राम)को मूर्ति स्थापना हुने भएको छ । १२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला पर्वतबाट माडी ल्याउन लागिएको हो ।

उक्त चक्रशिला माडीको खैरहनीमा रहने प्रस्तावित चक्रतीर्थ धाममा राखिने छ । नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभाग प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतो नेतृत्वमा कुश्मा नगरपालिका–१, सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर शालिग्राम शिला ल्याउन लागिएको हो ।

सोमबार कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशीले माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोलाई हस्तान्तरण गर्नेछन् । उक्त शिला मंसिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित माडीमा अनावरण गरिने चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए । 

शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा थप टेवा पुग्ने श्रीराम संस्थाका अध्यक्ष ई. थलराज पन्तले बताए । 

ad
ad