१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
प्रतिकात्मक तस्बिर
Invalid date format १७:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३८:oo

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। राजापुर नगरपालिका– १० सुकुमबासी टोलकी २४ वर्षीया ममता सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो।

घरनजिकै बाटोमा बाख्रा चराउँदै गरेको अवस्थामा बाघले आक्रमण गरेको खुलेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत द्रोणराज शर्माले बताए। बाघले आक्रमण गरेपछि तत्काल उद्धार गरी सुनारलाई बर्दिया अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

बाघले आक्रमण गरेको उक्त स्थान नेपाल–भारत सिमानानजिक पर्दछ। पछिल्लो समय नेपाल–भारत सीमा क्षेत्र, खाता जैविक मार्ग र बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको छ।

यसअघि गत कात्तिक १७ गते मधुवन नगरपालिका– ५ बस्ने २८ वर्षीया सिर्जना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको थियो। खाता जैविक मार्ग र सामुदायिक वन क्षेत्रमा हालसम्म बाघको आक्रमणबाट १८ जनाको ज्यान गएको छ। झन्डै चार वर्षको अवधिमा बाघको आक्रमणबाट राष्ट्रिय वन, सामुदायिक वन र निकुञ्ज क्षेत्रमा गरी बर्दियामा ३५ जनाको ज्यान गुमाइसकेका छन्।