१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o५:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

तिहारको पाँच दिनमा उपत्यकाभित्रबाट मात्रै एक सय ६५ जुवाडे पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:५६:oo

विभिन्न बैंकका चेक र नगदसहित ३४ लाख ८२ हजार आठ सय ८५ रुपैयाँ बरामद

तिहारको पाँच दिनमा उपत्यकाभित्रबाट मात्रै एक सय ६५ जुवाडे पक्राउ परेका छन् । उनीहरूबाट विभिन्न बैंकका चेक र नगदसहित ३४ लाख ८२ हजार आठ सय ८५ रुपैयाँ बरामद भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार उनीहरूमध्ये एक सय ३३ जना तास खेल्ने क्रममा र ३२ जना कौडा खेल्ने क्रममा पक्राउ परेका छन् । उनीहरूबाट २० हजार रुपैयाँको चेक बरामद भएको र बाँकी ३४ लाख ६२ हजार आठ सय ८५ रुपैयाँ नगद बरामद भएको छ ।

कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले तिहारका वेला उपत्यकाभित्रबाट मात्रै एक सय ६५ जुवाडे पक्राउ परेको बताए । उनले भने, ‘तिहारका वेला जुवा खेल्ने र खेलाउने गतिविधिप्रति प्रहरीको कडा निगरानी थियो ।

सोही क्रममा एक सय ६५ जुवाडे पक्राउ परेका छन् । उनीहरूबाट ३४ लाख रुपैयाँभन्दा बढी रकम बरामद भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

ad
ad