१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o७:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङमा करिब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:२४:oo

लमजुङमा सयपत्रीको फूलखेती फस्टाउँदो  

लमजुङमा पछिल्लो समय सयपत्री फूलको खेती फस्टाउँदो छ । फूलमाथिको परनिर्भरता हटाउन र आयआर्जनसमेत हुने भएकाले लमजुङका किसान व्यावसायिक रूपमा सयपत्री फूलको खेतीतर्फ आकर्षित भएका हुन् । फूलखेतीका लागि उन्नत बिउबिजन र आधुनिक खेती प्रविधिले यस वर्ष फूल उत्पादन बढेको छ। 

जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको मर्स्याङ्दी कृषि फार्ममा झन्डै १० रोपनी जग्गामा पाँच सय ५५ जातको हाइब्रिड सयपत्री फूलको खेती गरिएको छ । मर्स्याङ्दी कृषि फार्मका सञ्चालक नवीन कुइँकेलले यस वर्ष सयपत्री फूलको मूल्य प्रतिकेजी तीन सय ५० तोकेका छन्। उनले सयपत्रीको माला प्रतिगोटा एक सयमा बिक्री गरिरहेका छन्।

यो फार्ममा अहिले पाँच सय केजीभन्दा बढी सयपत्रीको फूल तयारी अवस्थामा छ । हरिबोधनी एकादशीसम्म सबै फूल बिक्री गर्ने लक्ष्य राखिएको कुइँकेलले बताए । यस वर्ष १० रोपनी क्षेत्रफलमा रोपिएको सयपत्री अर्को वर्ष अझै विस्तार गर्ने लक्ष्य राखिएको उनले बताए ।

कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले पछिल्लो समय लमजुङमा व्यावसायिक फूलखेतीतर्फ आकर्षण बढेको बताए । जिल्लालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यालयले फूलखेतीमा अनुदानको समेत व्यवस्था गर्दै आएको उनको भनाइ छ । 

कार्यालय प्रमुख खतिवडाका अनुसार यस वर्ष लमजुङमा करिब १० हेक्टर क्षेत्रफलमा सयपत्रीको फूलखेती गरिएको छ । अधिकांश किसानले तिहारलक्षित फूलखेती गरेका छन् ।

लमजुङमा व्यावसायिक रूपमा भने बेँसीसहरको रोज नर्सरीले मात्रै फूलको खेती गर्दै आएको छ । नर्सरी सञ्चालक हुमा गुरुङ व्यावसायिक रूपमा फूल खेती गर्ने किसान हुन् । उनको नर्सरीमा सयपत्री, मखमलीबाहेक अन्य विभिन्न जातका फूल बिक्रीका लागि राखिएका छन् । फूलबाहेक उनको नर्सरीमा फलहरूको बिरुवासमेत पाइन्छ ।