१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १२:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालगोपालेश्वर मन्दिरमा तिहारको टीका लगाउनेको भिड    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १२:२४:oo

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा तिहारको टीका लगाउनेको भिड लागेको छ। भाइटीकाको अवसरमा आज बिहानैदेखि सर्वसाधारणका लागि मन्दिर खोलिएको छ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटीकाका दिन मात्र खुल्ने गर्छ। सो मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन्। 

विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो। भूकम्पले क्षतिग्रस्त मन्दिर विसं २०७७ मा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनलाई खुला गरिँदै आइएको छ।