Skip This
भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते डिस्चार्ज
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३९:oo

भेरी अस्पतालमा उपचाररत ४८ जना भूकम्पका घाइते निको भएर घर फर्किएका छन्। सोमबार बेलुका दुईजना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको संख्या ४८ पुगेको भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले जानकारी दिए। उनका अनुसार अब अस्पतालमा ६ जना घाइते मात्र उपचाररत छन्। 

जाजरकोट, रुकुम पश्चिम, सल्यान र बाँकेका ५८ जना घाइतेलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये तीनजनालाई काठमाडौं रिफर गरिएको थियो भने एकजनाको मृत्यु भएको डा. रिसालले जानकारी दिए। ४८ जना घाइते डिस्चार्ज भएसँगै भेरी अस्पतालको अर्थोपेडिक वार्डमा अब ६ जना बिरामी मात्रै उपचाररत छन्। 'डिजास्टर वार्ड' भने खाली भएको छ।

डिस्चार्ज भएका घाइतेलाई एमडिएम फ्रान्सको सहयोगमा घरसम्म जाने व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए। बसको व्यवस्था गरी उनीहरूलाई जाजरकोट खलंगा–आठबिसकोट, रुकुम–रिम्नासम्म पठाइएको छ।