१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार १३:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चक्कु प्रहारबाट घाइते युवकको उपचारको क्रममा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १३:१४:oo

सामान्य विवादमा गत शनिबार तीनजनाको समूहले गरेको चक्कु प्रहारबाट घाइते भएका रौतहटका एक युवकको आज मृत्यु भएको छ। 

चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका–६ का २० वर्षीय राहुल साहको उपचारको क्रममा मृत्यु भएको हो।

चक्कु प्रहारबाट घाइते भएका साहको वीरगन्जस्थित एलपी न्युरो अस्पतालमा उपचार भइरहेको थियो। 

उनको आज बिहान उपचारको क्रममा ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ। चक्कु प्रहार गर्नेमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

चक्कु प्रहार गर्नेमध्ये अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

ad
ad