१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o९:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बागमती क्लबस्तरीय फुटबल : एक्टिभ ब्वाइज क्लब खरीढुंगा विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:११:oo

विजेता टिमलाई दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने

दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको बागमती क्लबस्तरीय प्रथम खुला पुरुष फुटबल प्रतियोगितामा एक्टिभ ब्वाइज क्लब खरीढुंगा विजेता बनेको छ। प्रतियोगितामा लालीगुँरास युवा क्लब चरिकोट उपविजेता बनेको छ।

शनिबार भएको फाइनल खेलमा एक्टिभ ब्वाइज क्लब खरीढुंगाले लालीगुँरास युवा क्लब चरिकोटलाई २– १ को अन्तरले पराजित गरेको थियो। विजेता टिमलाई दुई लाख ५० हजार नगद, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमलाई एक लाख २५ हजार नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेले जानकारी दिए।

प्रतियोगितामा बेस्ट प्लेयर लालीगुँरास युवा क्लब चरिकोटका मोहन गुरुङ, बेस्ट गोलकिपर एक्टिभ ब्वाइज क्लब खरीढुंगाका नवीन सिलवाल, बेस्ट कोच एक्टिभ ब्वाइज क्लब खरीढुंगाकै मनोज श्रेष्ठ र सर्वाधिक गोलकर्ता सिन्धुपाल्चोक फुटबल संघका अजय तामाङ भएका छन्।

बेस्ट प्लेयरलाई सात हजार पाँच सय नगद र मेडल तथा प्रमाणपत्र र अन्यलाई पाँच हजार नगद र मेडल तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ र नुवाकोटको ११ वटा टिमको सहभागिता रहेको थियो।

दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेको सभापतित्व र बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा सांसद कुन्दनराज काफ्ले भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरलगायतले मन्तव्य व्यक्त गरेका थिए।