१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्नपूर्ण केबलकारको टप स्टेसनमा पञ्चमुखी गणेशको प्रतिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o१:oo

पोखराको अन्नपूर्ण केबलकार लिमिटेडले टप स्टेसन (सराङकोट)मा ४८ फिट अग्लो पञ्चमुखी गणेशको प्रतिमा निर्माण गरेको छ । आगामी शिवरात्रिका दिन अनावरण गर्ने योजनासहित गणेश्को प्रतिमा निर्माण गरिएको हो । 

केबलकारका अध्यक्ष कालु गुरुङले अन्नपूर्ण केबलकारमा दुई अर्बभन्दा बढी लगानी भएको बताए । केबलकारमा सर्वसाधारणलाई समेत स्टेकहोल्डर बनाउन छिट्टै ३१ लाख कित्ता आइपिओ निष्कासन गर्ने तयारी गरिरहेको जनाइएको छ ।

अहिले केबलकारको चुक्ता पुँजी एक अर्ब २४ करोड रहेको छ, आइपिओ बिक्री गरेपश्चात् पुँजी बढेर एक अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ । तिहारलगत्तै आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको तयारी छ ।

केबलकारले बुधबार काठमाडौंमा ‘पार्टनर्स मिट–२०२३’ आयोजना गरेर परियोजनाका बारेमा विस्तृत जानकारी गराएको हो । आफ्ना पार्टनरसँगको सम्बन्ध थप मजबुत बनाउँदै नयाँ पार्टनरलाई पोखरासहित देशको पर्यटन सुदृढ बनाउन सहकार्यका लागि आमन्त्रण गर्ने जमर्कोसहित कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।

अन्नपूर्ण केबलकार ६ फागुन ०७८ देखि सञ्चालनमा आएको हो । दुईवटा स्टेसन रहेको २.२ किलोमिटर लामो केबलकारले सेतीबगरदेखि सराङकोटलाई जोड्छ, जहाँ १७ वटा गोन्डोला रहेका छन् । यी गोन्डोलाले प्रतिघन्टा पाँच सयजनालाई सेवा दिने क्षमता राख्छन् ।

केबलकारले साइक्लिङ, जिपलाइन, बन्जी, स्विङ, रक क्लाइम्बिङ, क्यानोनिङलगायतका रोमाञ्चक खेलबाट मनोरञ्जन दिलाउँदै आएको छ । यस्तै, कफी सप, रेस्टुराँ, बार, एम्युजमेन्ट सेन्टर, भर्चुअल गेमिङ सेन्टरलगायतका सुविधा केबलकारको टप तथा बटम स्टेसनमा उपलब्ध गराउने उद्देश्य लिएको छ ।  

ad
ad