१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख २२ शनिबार २o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामेछापका इन्जिनियरलाई तीन वर्ष कैद, प्लम्बरलाई डेढ वर्ष कैद सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २o:४८:oo

विशेष अदालतले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै दुईजनालाई सजाय सुनाएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रामेछापका तत्कालीन इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई कैद तथा जरिवाना हुने भएको हो । 

न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले यसअघि नै कसुर कायम गरे पनि सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेकोमा शुक्रबार सजाय तोकिएको हो । उक्त इजलासले १७ कात्तिकमा नै सत्याल र थापालाई दोषी ठहर गरिसकेको थियो । 

विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार इन्जिनियर सत्याललाई तीन वर्ष कैद र २० लाख ६० हजार रुपैयाँ जरिवाना भएको छ । यसैगरी प्लम्बर थापालाई एक वर्ष ६ महिना कैद र सात लाख ४० हजार रुपैयाँ जरिवाना तोकिएको विशेषले जनाएको छ । 

खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस मागिरहेको सूचना आएपछि टंगालबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको थियो । सेवाग्राहीबाट लिएको १६ लाख नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा गत वर्ष २ कात्तिकमा नियन्त्रणमा लिएको हो । 

सत्याल र थापाले विभिन्न आर्थिक वर्षहरूको भुक्तानी भएको रकमको धरौटी फिर्ता गर्ने क्रममा २८ लाख घुस मागेको अख्तियारको अनुसन्धानले देखाएको थियो । जसपछि २६ मंसिर ०७९ मा मुद्दा चलाइएकोमा ठहर हुने फैसला भएको थियो ।

ad
ad