१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format ११:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकौल- ५  का वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

सर्लाहीको धनकौल गाउँपालिका– ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ। 

अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। 

उनका अनुसार केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा वडाध्यक्ष महतोसमेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान उद्योगमा वडाध्यक्ष महतोविरुद्ध मुद्दा दायर भएको थियो। 

मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित भएपछि अदालतको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको न्यायाधीश थापाले जानकारी दिए।

उनका अनुसार मुद्दाको अन्तिम फैसला नहुँदासम्म महतोलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो। स्थानीय तहको निर्वाचन ०७९ मा नेकपा (माओवादी केन्द्र) बाट महतो वडाध्यक्षमा निर्वाचित भएका थिए। 

अदालतको आदेशअनुसार वडाध्यक्ष महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए।

उनका अनुसार यस मुद्दामा अन्य केही व्यक्तिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ। ती व्यक्ति फरार रहेका र उनीहरूको खोजी जारी रहेको उनले बताए। रासस