१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा विराटनगरका उपमेयरसहित नौजनालाई सफाइ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३६:oo

विशेष अदालतले विराटनगर उपमहानगरपालिकाका तत्कालीन उपप्रमुखसहित नौजनालाई भ्रष्टाचार मुद्दाबाट सफाइ दिएको छ। बुधबार विशेषले यस मुद्दामा प्रतिवादी बनाइएका सबैलाई सफाइ दिएको हो। 

विशेषका न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले २४ असार २०७९ मा दायर मुद्दामा फैसला सुनाएको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको विराटनगर महानगरपालिका वडा नं. १५ मा रहेको रानी हेल्थपोस्टनजिकको पोखरीमा पार्क तथा सिँढी निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा चलाएको थियो। 

महानगरकी उपप्रमुख इन्दिरा कार्की र वडा नं. १५ का अध्यक्ष असलम आलमले माटो फिलिङ गर्ने कार्यमा भ्रष्टाचार गरेको अभियोगपत्रमा उल्लेख थियो। उनीहरूको कार्यबाट सरकारलाई पाँच लाख आठ हजार रुपैयाँभन्दा बढीको नोक्सानी भएको दाबीसहित मुद्दा चलाइएको थियो। 

उनीहरूले ज्यामीबाट माटो भराउने भनी उपभोक्ता समितिसँग सम्झौता गरेका थिए भने पछि रोलर मेसिनबाट उक्त कार्य भएको थियो। तर, यस विषयमा जानकार हुँदाहुँदै पनि अनुगमन प्रतिवेदनमा ज्यामीबाटै उक्त कार्य गराएको भनी गलत प्रतिवेदन तयार गरिएको भेटिएको थियो। 

यसैगरी, महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सब इन्जिनियर मोहम्मद इफतेखार आलमसमेतको मिलेमतोमा भ्रष्टाचार भएको दाबी अख्तियारको थियो। उनीहरूले सरकारलाई १० लाख ५५ हजार रुपैयाँबराबरको नोक्सानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। 

ज्यामीद्वारा गर्नुपर्ने कार्य यन्त्रबाट गराइए पनि गैरकानुनी लाभ प्राप्त गर्न बदनियतपूर्वक नक्कली कागजात सदर गरेको भेटिएको थियो। महानगरमा पेस गरिएको कार्य सम्पन्न प्रतिवेदनमा गलत डोरहाजिर, गलत नापी किताबजस्ता कागजात रहे पनि त्यसलाई लुकाइछिपाई भुक्तानी गरेको भन्दै मुद्दा चलाइएको थियो। 

पार्क निर्माण उपभोक्ता समितिका सदस्यहरूलाई पनि यस मुद्दामा प्रतिवादी कायम गरिएको थियो। उपभोक्ता समिति अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेले नभएको कामलाई कागजमा देखाई भ्रष्टाचार गरेको भन्दै मुद्दा चलाइएकोमा यस मुद्दाका सबै प्रतिवादीलाई विशेषले सफाइ दिएको छ।