१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालतका न्यायाधीश तथा कर्मचारीले तलब कटाएर भूकम्प प्रभावितलाई सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o३:oo

अदालतका न्यायाधीश तथा कर्मचारीहरूले जाजरकोट भूकम्पबाट प्रभावितलाई आफ्नो तलब काटेर सहयोग गर्ने भएका छन्।

बुधबारको सर्वोच्च अदालतको पूर्ण बैठकले प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशहरूबाट ७ दिन, उच्च अदालतका न्यायाधीशहरूबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतको पूर्ण बैठकले सर्वोच्च अदालतका सचिव र सहसचिवहरूबाट ३ दिन, अधिकृतस्तरका कर्मचारीबाट २ दिन र अरू कर्मचारीहरूबाट १ दिनको तलब रकम सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ।