१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सिंहदरबार परिसरमा बन्दै गरेको संसद् भवन । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संसद् भवन निर्माण : चार वर्षमा ७५ प्रतिशत मात्रै काम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o२:oo

दुई महिनाभित्र सम्पन्न गर्न सभामुखको निर्देशन

संघीय संसद् भवनको निर्माण सुरु भएको चार वर्षमा ७५ प्रतिशत मात्रै काम सकिएको छ । १ असोज ०७६ मा शिलान्यास भई अगाडि बढेको भवन निर्माण कार्य तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको थियो । ठेकेदार कम्पनी टुडी सेप जेभीले चार वर्षमा पनि काम नसकेको हो । 

पाँच अर्ब ६८ करोड ३९ लाखमा ठेक्का लिएको कम्पनीले चार वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको संसद् भवनको निर्माण कार्य ७५ प्रतिशत मात्रै सम्पन्न गरेको छ । अझै कम्तीमा एक वर्ष लाग्ने इन्जिनियरहरूको अनुमान छ । १५ असोज ०७९ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम कोभिड महामारीले प्रभावित भएको भन्दै सरकारले ६–६ महिनाको हिसाबले आगामी चैतसम्मका लागि तीनपटक म्याद थपेको छ । थपिएकोमध्ये अब पाँच महिनाभित्र कम्पनीले काम सकाउनुपर्नेछ । 

संसद् भवन निर्माण कार्यको प्रत्यक्ष निगरानी गरिरहेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयको तथ्यांकअनुसार निर्माण सुरु भएको चार वर्ष एक महिना अवधिमा ७५ प्रतिशत प्रगति हासिल गरिएको छ । मंगलबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र संसद् सचिवालयका पदाधिकारीसँगको छलफलमा आयोजना प्रमुख मचाकाजी महर्जनले संसद् भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिएको बताए । उनका अनुसार १२ वटा भवनहरूमध्ये सातवटा भवनको छानासम्मको काम सम्पन्न भइसकेको छ । बाँकी चारवटा भवनमा ट्रस्ट निर्माणलगायत छानाको काम भइरहेको छ । 

प्रतिनिधिसभाको लेखा समितिमा भएको छलफलमा सभामुख घिमिरेले दुई महिनाभित्र भवन निर्माण सम्पन्न गर्न निर्देशन दिए । आगामी हिउँदे अधिवेशनमा नयाँ भवनमा चलाउन चाहेको उल्लेख गर्दै घिमिरेले कम्तीमा संसद्को मुख्य दुइटा भवन दुई महिनाभित्र सक्न सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराए । 

सहरी विकासमन्त्री सीता गुरुङले नयाँ भवनमा हिउँदे अधिवेशन सञ्चालन गर्ने उद्देश्यसहित निर्माणको काम अघि बढेको जानकारी गराइन् । ‘पछिल्लो समय कामलाई द्रुतगतिमा अगाडि बढाएका छौँ । हिउँदे अधिवेशन चलाउने हाम्रो पनि चाहना हो । तर, पनि सोचेअनुसार प्रगति हुन सकेको छैन । हामी कम समयमा अधिकतम परिणामको प्रयासमा छौँ,’ उनले भनिन् । मन्त्री गुरुङले बजेटको सीमिततालाई ख्याल गर्दै भवनमा आधुनिक विश्वको प्रतिनिधित्व हुने गरी नयाँ प्रविधिलाई प्राथमिकता दिइने स्पष्ट पारिन् ।