१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:११:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशका कर्मचारीले तलबबाट भूकम्पपीडितलाई एक करोड २५ लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:११:oo

जाजरकोट भूकम्पपीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि बागमती प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले एक करोड २५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन्।

प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा मंगलबार बसेको बैठकले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लाका प्रभावितहरूको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

बैठकबाट भूकम्पबाट प्रभावितलाई राहत तथा पुनर्स्थापनाको लागि बागमती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, सचिव एवं सोसरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृत स्तरका कर्मचारीले दुई दिनको तलब र अन्य कर्मचारीहरूले एक दिनको तलब सरकारी कोषमा जम्मा गर्ने निर्णय भएको छ।

प्रमुख सचिव उपाध्यायका अनुसार प्रदेश सरकारमातहत कार्यरत प्रमुख सचिव, सचिव, अधिकृत र अन्य कर्मचारीहरूको तोकिएको दिनको तलब रकम अनुमानित एक करोड २५ लाख रुपैयाँ हुन आउने र सो रकम कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको हो।