१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्छौँ : बेलायती राजदूत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२३:oo

बेलायती राजदूत रोब फेनले सभामुख देवराज घिमिरेसँग शिष्टाचार भेट गरेका छन्। भेटमा बेलायतसँग नेपालको सहकार्य, संसदीय आदान–प्रदान तथा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायतबीच सदिऔँदेखि घनिष्ट सम्बन्ध रहेको बताउँदै नेपाल र बेलायतबीच रहेको राजनीतिक, आर्थिक तथा सांस्कृतिक सम्बन्ध तथा जनस्तरमा कायम मित्रता अद्वितीय रहेको उल्लेख गरे। उनले सन् २०१६ मा नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष मनाएको स्मरण गर्दै यो वर्ष दुई देशबीच मैत्री सन्धि सम्पन्न भएको एक सय वर्ष मनाउँदै गरेको बताए।

सभामुख घिमिरेले २०१५ र हालै पश्चिम क्षेत्रमा गएको भूकम्प तथा कोभिड नियन्त्रणका लागि उदार भावनाका साथ नेपाललाई सामग्री र भ्याक्सिन उपलब्ध गराएकोमा बेलायत सरकारप्रति आभार व्यक्त गरे। उनले संसदीय मैत्री समूहमार्फत दुई देशबीच संसदीय आदान–प्रदानमा जोड दिए।

बेलायती राजदूत रोबले नेपालले आगामी दिनमा नेपालको जनशक्तिलाई स्वदेशमै राखेर विकासलाई तीव्रता दिने विश्वास व्यक्त गरे। उनले बेलायतले आगामी दिनमा पनि विकास सहायतालगायतका विषयमा नेपाललाई दिँदै आएको सहयोग वृद्धि गर्ने तयारी गरिरहेको जानकारी गराए।