१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बुटवल उपमहानगरद्वारा नलगाडका पीडितलाई राहत सामग्री हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५३:oo

बुटवल उपमहानगरपालिकाले जाजरकोटको नलगाड नगरपालिकामा पुगेर भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

मंगलबार नलगाड पुगेको बुटवल उपमहानगरको टोलीले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई उक्त सामग्री हस्तान्तरण गरेको हो।

राहत सामग्री लिएर उपमहानगरपालिकाबाट सुरेन्द्रबहादुर कार्की, दीपक राना तथा पत्रकारद्वय ललित पाण्डे र कपिल अधिकारी नलगाड पुगेका हुन्। आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले आइतबार राति पठाएको चामल, दाल, तेल, नुन, सोयाबिन, ब्ल्यांकेट र म्याट गरी एक ट्रक सामान मंगलबार हस्तान्तरण गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

प्रमुख पाण्डेयले उपमहानगरपालिकाले २५ लाख रुपैयाँ, जनप्रतिनिधिले थप पाँच लाख रुपैयाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णयअनुसार प्रभावित क्षेत्रमा खाद्यान्न र लत्ताकपडा पठाइएको बताए।

उनले बुटवलभित्रका संस्थाहरूलाई एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि आह्वान गरेका छन्। त्यसका लागि उपमहानगरपालिकाले विपत् शाखा प्रमुख योगेश चापागाईंलाई फोकल पर्सन तोकेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए।

ad
ad