१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
Invalid date format १४:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

क्रसिङ सिजन सुरु हुन लाग्दासमेत तोकिएन उखुकाे न्यूनतम समर्थन मूल्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

उखुको क्रसिङ सिजन सुरु हुन लाग्दासमेत सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छैन। उखुको न्यूनतम समर्थन मूल्य नतोकेका कारण किसान पुरानै मूल्यमा उखु बेच्न बाध्य बनेका छन्।

गरुडामा रहेको श्रीराम सुगर मिल्स ०७७ सालदेखि नै बन्द छ। श्रीराम सुगर मिल्स बन्द भएपछि जिल्लामा अब एक मात्र चिनी उद्योगको रूपमा ०७५ सालमा सञ्चालित बाबा बैजुनाथ सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा किसानले उखु बेच्दै आएका छन्। 

सरकारले उखुको मूल्य नतोकेकै अवस्थामा सो मिलले उखु क्रसिङ गर्न थालेको हो। कटहरिया नगरपालिका– ९ डुमरियामा रहेको सो मिलले सिजनका लागि मिल सञ्चालनमा आएको छ। तर, किसानलाई उखुको मूल्य कति दिने भन्ने कुराको कुनै ठेगान भएको स्थानीय किसान शम्भु साहले बताए।

आइतबारदेखि सो मिल सञ्चालनमा आएको हो। प्रत्येक वर्ष मंसिरमा उद्योग सञ्चालन गर्ने गरिएको भए पनि यस वर्ष कात्तिकमै उखु तयार भएकाले एक महिनाअगाडि नै उद्योग सञ्चालन गर्नुपरेको बाबा बैजुनाथ सुगर एन्ड केमिकलका सञ्चालक बैजुप्रसाद बाबराले बताए। 

सरकारले यस वर्ष उखुको मूल्य निर्धारण नभएसम्मका लागि गत वर्षकै मूल्यमा उखु खरिद गर्ने गरी मिल सञ्चालनमा ल्याइएको उनले बताए। तर, उखु किसानले पुरानो मूल्यमा आफूहरूले उखु बेच्न नसक्ने बताउँदै आएका भए पनि सरकारले मूल्य नतोक्दै किसानहरू मिललाई उखु दिन बाध्य भएको किसानहरूको भनाइ छ। 

उखुको मूल्य निर्धारण नहुँदा किसानहरूले पुरानै मूल्यमा चिनी मिललाई सस्तोमा उखु दिइरहेको बगहीका स्थानीय किसान मनोज साहको भनाइ छ। सरकारले समयमै उखुको मूल्य निर्धारण नगर्दा उखु किसानले आफूहरूलाई नगदेबालीका रूपमा लगाएको उखु सस्तोमा बेच्नुपरेकोमा चिन्ता जनाउँदै आएका छन्।

पछि सरकाले उखुको मूल्य बढाएर निर्धारण गर्‍याे भने, उखु बेचेका किसान मर्कामा पर्ने साहको भनाइ छ।  यता यस वर्ष सरकारले उखुको मूल्य बढाएर निर्धारण गर्नुपर्ने माग स्थानीय किसान राेशन चौधरीको छ।

चिनीको मूल्य हरेक वर्ष बढ्ने, तर उखुको मूल्य नबढ्दा रौतहटमा उखु किसान गर्ने किसानको संख्यामा कमी आएको वृन्दावनका स्थानीय किसान हरिन्द्र पटेलले बताए।