Skip This
इजरायल–हमास युद्धको एक महिना इजरायली हमलामा करिब १० हजार प्यालेस्टिनीले गुमाए ज्यान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
इजरायली हमलामा गाजाको क्षतिग्रस्त सहर । तस्बिरः रोयटर्स
एजेन्सी इजरायल
२o८१ बैशाख २९ शनिबार १o:१९:oo
Read Time : > 5 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

इजरायल–हमास युद्धको एक महिना इजरायली हमलामा करिब १० हजार प्यालेस्टिनीले गुमाए ज्यान

Read Time : > 5 मिनेट
एजेन्सी, इजरायल
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:१९:oo

अक्टोबर ७ मा हमास लडाकुले इजरायलमा अचानक गरेको आक्रमणमा १४ सयजना मारिए । सो आक्रमणपछि सुरु भएको पछिल्लो इजरायल–हमास युद्ध एक महिना पूरा हुँदा हताहती निकै बढिसकेको छ । सुरुवाती आक्रमणमा इजरायलले ठूलो क्षति भोग्यो । इजरायलले अक्टोबर ७ देखि नै निरन्तर हमास शासित घना गाजापट्टीमा निरन्तर बमबारी गरिरहेको छ । यी बमबारीमा नौ हजार ७७० मारिएको हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले बताएको छ । 

इजरायल, अमेरिकालगायत अन्य केही पश्चिमी मुलुकले यस निकायको तथ्यांकको प्रमाणीकतामाथि शंका व्यक्त गरेका छन् । तथापि विगतका युद्धमा पनि सोही गाजा क्षेत्रमा शासन गरिरहेको हमासले चलाइरहेको स्वास्थ्य मन्त्रालयको मृतक संख्यालाई नै आधिकारिक मान्ने गरिएको छ । अन्तर्राष्ट्रिय मानवीय संगठनले पनि यसैलाई आधार बनाउने गरेका छन् । ती संस्थाका अनुसार वास्तविक मृतक संख्या थप बढी हुन सक्ने बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयले अस्पताल र अन्य स्वास्थ्य निकायमा ल्याइएका शवका आधारमा मृत्युको संख्या गणना गर्छ । जबकि गाजाभर ढलाइएका ठुल्ठूला भवनमा अझै सयौँको संख्यामा शव दबेको हुन सक्ने बताइएको छ । 

युक्रेनमा भन्दा धेरै आमनागरिकको हत्या
यो तथ्यांकका आधारमा गाजा इजरायलले गरेको बमबारीका क्रममा एक महिना मारिएको नागरिकको संख्या युक्रेन युद्धको १९ महिनामा रुसी सेनाबाट मारिएका युक्रेनी आमनागरिकको संख्याभन्दा बढी देखिन्छ । युक्रेन युद्धका नागरिक हताहतीबारे सबैभन्दा सटिक मानिने संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तको कार्यालयको पछिल्लो अपडेट सेप्टेम्बर २४मा जारी भएको थियो । त्यसमा ०२२ फेब्रुअरी २२ मा युक्रेनमा रुसले आक्रमण गरेदेखि नौ हजार ७०१ युक्रेनी नागरिक मारिएको उल्लेख छ । ( तथापि त्यहाँको युद्धमोर्चामा मारिने सैनिकको संख्या भने निकै उच्च छ । अक्टोबरसम्म करिब ७० हजार रुसी तथा युक्रेनी सैनिक मारिएको विभिन्न स्रोतहरूको विश्लेषणले देखाउँछ ।)

चार हजार बालबालिकाको मृत्यु
गाजामा मारिने नौ हजार ९७० मध्ये चार हजार बालबालिका छन् । गैरनाफामूलक संस्था ‘सेभ द चिल्ड्रेन’का अनुसार गाजामा मारिएकामध्ये ४० प्रतिशत बालबालिका रहेको औँल्याएको छ । त्यस्तै हजार बालबालिका अझै बेपत्ता रहेको र धेरै भग्नावशेषभित्र पुरिएका हुन सक्ने संस्थाले चिन्ता व्यक्त गरेको छ । ‘गाजामा पछिल्लो तीन सातामा मारिएका बालबालिकाको संख्याले सन् २०१९ देखि विश्वभरका युद्धग्रस्त क्षेत्रमा मारिएका बालबालिकाको संख्या उछिनेको छ,’ सेभ 
द चिल्ड्रेनले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

इजरायलले खसाल्यो १८ हजार टन बम
इजरायली सेनाले अक्टोबर सातदेखि चार हप्ताको अवधिमा गाजापट्टीमा १८ हजार टन बम खसालेको गाजापट्टीमा शासन गरिरहेको सरकारको मिडिया प्रमुख सालामा मरुफले प्रेस ब्रिफिङमा बताए । यो परिणामको बमले दोस्रो विश्वयुद्धमा हिरोसिमा सहरमा खसालिएको आणविक बमको भन्दा डेढगुणा बढी विस्फोटक शक्ति निकाल्ने विज्ञहरूले बताएका छन् । 

‘इजरायली बमबारी कारण ८५ सरकारी भवन, ४७ मस्जिद ध्वस्त भएको छ भने तीन चर्चमा ठूलो क्षति पुगेको छ । त्यस्तै दुई लाख घरमा क्षति पुगेको र त्यसबाट ती घरका करिब ३२ हजार पाँच सय बेघर भएका छन् । त्यस्तै २०३ विद्यालयमा ठूला असर पुगेको र ४५ विद्यालय भने प्रयोग गर्न नसकिने गरी क्षतिग्रस्त भएको छ । मारिनेमा १२४ स्वास्थ्यकर्मी पनि छन्,’ प्रवक्ता मरुफले जानकारी दिए । 

इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो सहर गाजालाई घेरा हाल्न सफल भएको दाबी गरेको छ । यस क्रममा उसले सम्पूर्ण गाजापट्टीलाई दुई भागमा विभाजन गरेको छ ।

अलजजिराका अनुसार गाजामा खसालिएकामध्ये अधिकांश बम अमेरिकामा निर्मित एमके८० शृंखला रहेको छ । यो बम भियतनाम युद्धदेखि प्रयोगमा छ । सुरुमा स्वतन्त्र रूपमा विमानबाट खसालिने गरी बनाइएको यो बम निरन्तर सुधार गरिएर अहिले सटिक रूपमा लक्ष्यमा मार हान्न सकिने बनाइएको छ । जहाँसम्मको लडाकु विमानको कुरा छ, इजरायलले अमेरिकामा बनेका एफ–१५, एफ–३५ र एफ–१६ प्रयोग गरिरहेको कुरोभाकले लेखेका छन् । 

एफ–१५ हवाई प्रभुत्व बनाउन प्रयोग गरिन्छ । तथापि आवश्यक पर्दा यसलाई बमबारीमा पनि प्रयोगमा ल्याउन सकिन्छ । एफ–३५ बमबारीभन्दा पनि सम्भावित जोखिमलाई निस्तेज पार्न प्रयोग हुने सैन्य विश्लेषकको भनाइ छ । यो साता एक एफ–३५ विमानले यमनबाट हुथीले हानेको क्रुज मिसाइल खसालेको भिडियो सार्वजनिक भएको थियो । गाजामा जारी भीषण बमबारीमा मुख्यतः एफ–१६ प्रयोग भइरहेको छ । कुरोभाकका अनुसार अहिले इजरायलले करिब सयवटा यस्ता विमान प्रयोगमा ल्याएको छ । 

दुई अर्ब डलर खर्च
करिब ३० दिनमा १८ हजार टन बम खसालेको हिसाब मान्दा दिनमा औसत ६०० टन हुन आउँछ । इजरायलले प्रयोगमा ल्याएको बम अमेरिकी हवाई फौजले प्रतिहजार किलो (एक टन) १६ हजार डलरमा किन्छ । तर, अमेरिकाभन्दा सानो परिणाममा आपूर्ति गर्ने इजरायलजस्ता ग्राहकलाई त्यसको मूल्य प्रतिटन २५ हजार डलर पर्ने अलजजिराले जनाएको छ । त्यसमा बमलाई तोकिएकै लक्ष्यमा प्रहार गर्न प्रयोग हुने इलेक्ट्रोनिक्स उपकरण आवश्यक पर्छ, जसको खर्च यहाँ जोडिएको छैन । यस हिसाबमा इजरायलले प्रतिदिन गाजामा खसालिरहेको बमको मात्र मूल्य १.५ करोड डलर पर्ने देखिन्छ । यसका अन्य पक्ष जोड्दा कम्तीमा पनि २.५ करोड डलर हुन आउँछ । यो दरमा हालसम्म इजरायलले गरेको बमबारीमा मात्र ७५ करोड डलर खर्च भइसकेको छ । 

तुलनात्मक किफायती मानिए पनि एफ–१६ को उडान खर्च घन्टाको आठ हजार डलर पर्छ । दिनमा थोरैमा पनि तीन सय उडान घन्टाको मान्ने हो भने त्यसको २५ लाख डलर पर्छ, अर्थात् ३० दिनको ७.५ करोड डलर । यसमा बमबारीका लागि आवश्यक निगरानी उपकरण, इलेक्ट्रोनिक युद्ध सामग्री, बमबारीको पूर्वचेतावनी दिने प्रणाली सञ्चालन खर्च आदि जोड्दा इजरायलले गाजामा ३० दिनमा गरेको खर्च दुई अर्ब डलरवरपर आउँछ । यो न्यूनतम अनुमानित खर्च हो । 

गाजा सहरलाई इजरायली सेनाको घेरा 
इजरायली सेनाले एक हप्ता लामो भीषण संघर्षपछि गाजापट्टीको सबैभन्दा ठूलो सहर गाजा सहरलाई घेरा हाल्न सफल भएको बताएको छ । यस क्रममा उसले सम्पूर्ण गाजापट्टीलाई दुई भागमा विभाजन गरेको छ । इजरायली सेनाका अनुसार हमासको नेतृत्व र मुख्य लडाकु दस्तालाई गाजा सहर रहेकाले त्यसलाई घेराबन्दी गरिएको हो । जमिनमा घेराबन्दीमा सक्रिय फौजलाई कभर दिन इजरायलले आइतबार जमिन, आकास र समुद्रबाट भीषण बमबारी गरेको थियो । साथै सो क्षेत्रका सम्पूर्ण सञ्चार सम्पर्क पनि विच्छेद गरिएको थियो ।

नजिकिँदै गरेको स्थल युद्धको तयारीका लागि हमास भने घना बस्तीबीचमा तिनको स्थिति बलियो बनाउन लागेको अन्तर्राष्ट्रिय मिडियाले बताएका छन् । इजरायली मिडियाले भने हाल गाजा सहरको बाह्य भागमा रहेका तिनको देशको सानो आगामी ४८ घन्टाभित्र पूर्ण शक्तिका साथ सहर प्रवेश गर्ने बताएका छन् । उता इजरायली सेनाले गाजा सहरलाई घेरेको सन्दर्भमा अमेरिकाले आगामी दिनमा इरान र हेजबुल्लाले हमासको पक्षमा आक्रमण गरे । आफूले प्रत्यक्ष रूपमा सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएको छ । यसको तयारीका लागि आफूहरूले सो क्षेत्रनजिक ओहायो–क्लास गाइडेड मिसाइल बोक्ने पनडुब्बी पठाइसकेको दाबी गरेको छ । ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गरेको न्युयोर्क टाइम्सको समाचारमा अमेरिकाले यसबारे इरान र हेजबुल्लालाई औपचारिक सन्देशसमेत पठाइएको उल्लेख छ ।

उता इजरायली सेनाका एक प्रवक्ताले आफूहरूले नागरिकलाई थप दक्षिणतर्फ जान दिनका लागि उत्तरी गाजामा दुई दिन कैयौँ घन्टा बमबारी रोकेको बताएका छन् । ‘हामीले तिनलाई कहाँ जाने मात्रै बताएनौँ, ती जाने भनिएको दक्षिणमा थप मानवीय स्थिति निर्माण गर्न सघाइरहेका छौँ,’ लेफ्टिनेन्ट कोलोनेल जोनाथन कोनरिकसले भने । 

मुस्लिम मुलुकलाई मनाउने अमेरिकी प्रयास
गाजामा उच्च हताहती दरको मध्यपूर्वी मुस्लिम देशबाट विरोध भइरहँदा अमेरिकाले कूटनीतिक प्रयास तीव्र बनाएको छ । मानवीय उद्धारका लागि युद्धलाई केही समय रोक्ने विषयमा अमेरिकी विदेशमन्त्री एन्टोनियो ब्लिंकेन टर्की पुगेका छन् । त्यहाँ उनले आफ्ना टर्किस समकक्षी हाकान फिदानसँग वार्ता गरे । उता अमेरिकी विदेशमन्त्री राजधानी अंकारामा रहँदा टर्किस राष्ट्रपति रिसेप तयप एर्दोगानले भने ग्रामीण क्षेत्रको भ्रमणमा निस्किए । यसलाई अमेरिकी मन्त्री पन्छाउने प्रयासका रूपमा हेरिएको छ । इजरायल–हमास युद्धमा अमेरिकाले इजरायलाई पूर्ण समर्थन दिएको कुरामा अधिकांश मध्यपूर्वी देश असन्तुष्ट छन् । 

तर अमेरिकाले इजरायललाई निःसर्त समर्थन दिँदै उसका मध्यपूर्वी इस्लामिक साझेदारलाई आफूहरू मानवीय क्षति कम गर्न केन्द्रित रहेको भनेर सम्झाउन खोजिरहेको छ । ब्लिंकेन अन्य मध्यपूर्वी देशको राजधानी पुगेर टर्की पुगेका थिए । त्यसअघि शनिबार ब्लिंकेनले जोर्डनको राजधानी अम्मानमा कतार, साउदी अरब, जोर्डन र युएईका विदेशमन्त्रीहरूसँग भेटवार्ता गरेका थिए । त्यहाँ सबैले एक स्वरमा अमेरिकाले इजरायललाई तत्काल युद्धविराम गर्न मनाउनुपर्ने माग गरे । सो भेटवार्तापछि ब्लिंकेन प्यालेस्टाइनको पूर्वी हिस्सा ‘पश्चिम किनारा’मा शासन गरिरहेको ‘प्यालेस्टिन एथोरिटी’का राष्ट्रपति मेहमुद अब्बासलाई भेटे । त्यसअघि ब्लिंकेन इराकमा थिए, जहाँ उनले प्रधानमन्त्री मोहम्मद अल–सुडानीसँग छलफल गरेका थिए । 

राष्ट्रसंघका ८८ कर्मचारीको मृत्यु
संयुक्त राष्ट्रसंघले आइतबार गाजाभित्र आफ्ना ८८ कर्मचारी मारिएका बताएको छ । मारिनेहरू गाजापट्टीका शरणार्थी क्याम्पमा काम गर्ने संयुक्त राष्ट्रसंघीय उद्धार तथा सहकार्य एजेन्सी(युएनआरडब्लुए)का कर्मचारी रहेको सो निकायले जानकारी दिएको छ । ‘यो संख्या कुनै एक युद्धमा संयुक्त राष्ट्रसंघले गुमाएको सबैभन्दा धेरै कर्मचारी संख्या भएको’ संयुक्त राष्ट्रसंघले बताएको छ । 

संयुक्त राष्ट्रसंघका सबै मुख्य मानवीय एजेन्सीका प्रमुखको एक दुर्लभ संयुक्त वक्तव्य जारी गरेका छन्, जसमा गाजाको स्थिति ‘भयावह’ र ‘अस्वीकार्य’ रहेको भन्दै ‘तत्काल मानवीय युद्धविराम’को आह्वान गरिएको छ । यस्तै आह्वान इजिप्ट र ओमनबाट पनि भयो । तर, आइतबार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले बन्धकहरू मुक्त नगरिएसम्म गाजामा कुनै युद्धविराम नगर्ने बताएको टाइम्स अफ इजरायलले लेखेको छ । इजरायली सेनाले २४० जना हमासको कब्जामा रहेको बताएको छ । उता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले इजरायल–हमास युद्धमा पछिल्लो विकासबारे छलफल गर्न सोमबार बैठक गरायो । 

ठूलो संख्यामा पत्रकारको हताहती 
‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सिपिजे)’का अनुसार अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नोभेम्बर ६ सम्म कम्तीमा ३६ पत्रकार तथा मिडियाकर्मी मारिइसकेका छन् । मारिएका ३६ पत्रकारमध्ये ३१ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी मूलका छन् । त्यस्तै अन्य आठ घाइते, तीन बेपत्ता र आठ पक्राउ परेको सिपिजेले बताएको छ । इजरायल–हमास युद्धमा हताहत तथा बेपत्ता पत्रकारको अनुसन्धान गरिरहेको सिपिजेका अनुसार गाजापट्टीबाट रिपोर्टिङ गरिरहेका पत्रकारहरू विशेषतः उच्च जोखिममा काम गरिरहेका छन् ।

गाजामा पत्रकारले निरन्तरको सञ्चार तथा विद्युत् अवरोधका कारण समाचार सम्प्रेषणमा पनि समस्या भोगिरहेका छन् । त्यसबाहेक तिनले समाचार सम्प्रेषणमा विभिन्न सेन्सरसिप, साइबर आक्रमण, आक्रमणको धम्की, वास्तविक आक्रमण सामना गर्नुपरेको सिपिजेको तथ्यांकले देखाउँछ । प्यालेस्टिनी पत्रकारमध्ये थुप्रैले गाजामा बसोबवास गर्ने तिनको परिवार सदस्य गुमाएकाले पीडामाझ काम गरिरहेका छन् । 
 

ad
ad