१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२२:oo

अहिले घुमघामको मौसम छ । आकाश खुलेको हुनाले यो मौसम दृश्यावलोकनका लागि निकै उपयुक्त मानिन्छ । वृद्धवृद्धा र बालबालिकासहित घुम्न निस्कनुपर्दा गाडीको सुविधा भएका स्थानमा जानु राम्रो हुन्छ । 

तनहुँ सदरमुकाम दमौलीबाट २६ किलोमिटरको दूरीमा रहेको बन्दीपुर यस्तै सुविधासम्पन्न गन्तव्इ हो । अहिलेको सिजनमा यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमशृंखला नियाल्न पाइन्छ । परम्परागत शैलीमा निर्माण गरिएका यहाँका घर तथा मन्दिरले पनि मानिसलाई लोभ्याउँछ । यहाँका घरले भक्तपुरका पुराना घरकै झल्को दिन्छन् । 

त्यस्तै, यहाँको मिठो खाना र रहनसहनले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलमा पर्यटकहरू घुमघामका लागि आउँछन् । बन्दीपुरमा बस्नका लागि सुविधासम्पन्न होटेलहरू उपलब्ध छन् । बन्दीपुर घुमेर त्यहाँको रीतिरिवाज र रहनसहन नियालेपछि पोखरातर्फ लाग्न सकिन्छ । 

ad
ad