१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीकाे अभाव, सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o३:१६:oo

जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ। 

सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र औषधि पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। 

भूकम्पमा परी अहिलेसम्म १८ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेकाे छ। शुक्रबार राति ११ः४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिममा ११ जना र जाजरकोटमा सात जनाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचन्द्र भट्टराईले जानकारी दिए। 

तस्बिर : नेपाल प्रहरी