Skip This
संविधानविरोधी तत्वलाई परास्त गर्न सबै दल एकजुट हुन आवश्यक : देउवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १७ शुक्रबार १७:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानविरोधी तत्वलाई परास्त गर्न सबै दल एकजुट हुन आवश्यक : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार १७:o६:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानको खिलाफमा केही तत्वहरू सलबलाएको टिप्पणी गरेका छन्।

नेपाली कांग्रेस बागलुङको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले संविधानको विरोधमा लागेका तत्वहरूलाई परास्त गर्न सवै दलहरू एकजुट हुनुपर्ने बताए। उनले संविधानको रक्षाका निम्ती सबै राजनीतिक दल एक भएको दाबीसमेत गर्दै कसैले चाहेर पनि यसलाई परिवर्तन गर्न नसक्ने बताए।

सभापति देउवाले आफूहरू संविधान कार्यान्वयनको पक्षमा रहेको उल्लेख गर्दै असहमति भएका विषयलाई समेटेर संविधानको पूर्ण कार्यान्वयनमा जोड दिने बताए। ‘हामी केन्द्रमा कानुन निर्माणको प्रक्रियामा छौँ, यसले प्रदेश र स्थानीय सरकारलाई पनि मद्दत पुग्छ,’ देउवाले भने, ‘संघीयताको मर्मअनुसार अब प्रदेशमा पनि धेरै अधिकार प्राप्त हुन्छन् । सोहीअनुसारका कानुन निर्माण हुनेछन् । प्रदेश सरकारको भूमिका पनि अझै बढ्दै जानेछ।’ उनले सबैभन्दा बढी असन्तुष्ट पक्षहरू पनि अहिले ठूला दलको पक्षमा उभिएको जिकिर गरे।

सभापति देउवाले नेपाली कांग्रेसभित्र केही असन्तुष्टिका विषय रहेको स्वीकार गर्दै सबैलाई समेटेर अगाडि बढ्ने बताए। देशकै ठूलो पार्टीभित्र केही असन्तुष्टि हुनु स्वाभाविक भन्दै उनले त्यसलाई समेटेर अगाडि बढ्ने स्पष्ट पारे। 

आफूले बोल्नेभन्दा पनि काम गरेर देखाउने बताउँदै सभापति देउवाले जनताको कामका लागि कांग्रेसले सधैँ अग्रणी भूमिका खेल्ने उल्लेख गरे।