१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कृषि मन्त्रालयअन्तर्गत सञ्चालित आयोजनाका लागि २६१ अस्थायी दरबन्दी स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:३३:oo

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित परियोजना–आयोजनाहरूका लागि दुई सय ६१ अस्थायी दरबन्दी स्वीकृत भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई सय ६१ राजपत्रांकित पदहरूमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो।

यसैगरी, सरकारले नेपाल इन्जिनियरिङ सेवा समूहतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा विश्वबाबु पुडासैनीलाई बढुवा गरी नेपाल ट्रस्टको कार्यालयको सचिवमा पदस्थापन गरेको छ।

नेपाल प्रशासन सेवा समूहतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा राधिका अर्याललाई बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।

ad
ad