१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका लुम्बिनी
Invalid date format १५:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्तिदीप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
Invalid date format १५:४३:oo

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्वशान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्तिदीप लगिएको छ। 

नेपाल पर्वतारोहण संघले विश्वशान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्तिदीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले आज लुम्बिनीस्थित शान्तिदीपमा प्रज्ज्वलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गरे।

उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्तिदीप कार्यक्रम संयोजक, विश्वकीर्तिमानी आरोही काजी शेर्पा (स्पिड), नेपाल पर्वतारोहण संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखरेल र सगरमाथा आरोही संघका महासचिव शिवबहादुर सापकोटालाई संयुक्त रूपमा हस्तान्तरण गरे।

उपाध्यक्ष डा. लामाले विश्वशान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनीबाट दीप प्रज्ज्वलन गरेर सगरमाथाको आधार शिविर पुर्‍याउँदा विश्वभरि नै सन्देश प्रवाह हुने बताए।

उनले विश्व मानव जगतमा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गाैरवको विषय भएको बताए। शान्तिदीपमा प्रज्ज्वलन गरिएको उक्त दीपलाई लामा गुरुहरूबाट स्वस्ति–शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो।

लुम्बिनीबाट लगिने उक्त दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौं हुँदै सगरमाथा आधार शिविर कालापत्थर पुर्‍याइने नेपाल पर्वतारोहण संघले जनाएको छ।

नेपालको राष्ट्रिय झन्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत उक्त स्थानमा प्रज्ज्वलन गरिनेछ। कात्तिक २५ दिन एक समारोहबीच कालापत्थरमा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने संघका पूर्वसचिव एवं केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखरेलले बताए।  

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्रसंघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताए। रासस