१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
शान्ता कमली काठमाडाैं
Invalid date format ११:२२:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्याउ बगैँचा हेर्न पर्यटक लालायित

Read Time : < 1 मिनेट
शान्ता कमली, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

मनाङ ङिस्याङ गाउँपालिका– १ भ्राताङको स्याउ बगैँचा आन्तरिक तथा बाहिरी पर्यटकको रोजाइमा पर्ने गरेको छ । अन्नपूर्ण पदमार्ग तथा मनाङ घुम्न आउनेहरू भ्राताङको स्याउ बगैँचा घुमेर फर्कने गरेका छन् । 

भ्राताङस्थित एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङले बगैँचा हेर्न आउनेको भिड लाग्न थालेपछि पछिल्लो समय शुल्क लिन थालिएको बताए । ‘दिनहुँ ६०–७० जना आन्तरिक र ३०–४० जना विदेशी पर्यटक स्याउबारी हेर्न आउन थाले । यही कारण बगैँचा घुम्न, बगैँचामा फोटो खिच्न पाउने गरी आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति दुई सय र बाह्य पर्यटकका लागि प्रतिव्यक्ति चार सय रुपैयाँ टिकट शुल्क तोकेका छौँ,’ गुरुङले भने । 

एग्रो मनाङका अध्यक्ष गुरुङले विशेषगरी बिदाको समयमा स्याउ बगैँचा घुम्न आउनेको घुइँचो लाग्ने गरेको बताए । उनले भने, ‘कोही घुम्न त कोही स्याउखेतीबारे जानकारी लिन आउँछन् । टिकट काटेर स्याउबारीमा प्रवेश गरेका पर्यटकलाई उनीहरूको जिज्ञासाअनुसार स्याउबारे जानकारी, स्याउ रोप्ने तरिका, हुर्काउने विधि, टिप्ने तरिका, भण्डारण, फार्म हाउसका साथै ग्रेडिङ प्रणालीबारे पनि जानकारी दिने गरेका छौँ ।’

७३५ रोपनीमा स्याउखेती
एग्रो मनाङले सात सय ३५ रोपनी जग्गामा स्याउखेती गरेको छ । एग्रो मनाङले सात वर्षअगाडि इटाली र सर्बियाबाट बिरुवा ल्याएर रोपेको हो । स्याउ फर्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ ।