१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१४:oo

सोच्ने कलाको विकास : चेसमा रणनीतिक भएर सोच्नुपर्छ । समस्या समाधान गर्ने खुबीलाई यसले बढावा दिन्छ । यसले योजनाबद्ध रूपमा सोच्न पनि सिकाउँछ । त्यही कारण चेस खेलाडीको मस्तिष्क निकै सक्रिय रहन्छ । खेलाडीले विभिन्न सम्भाव्यताको विश्लेषण गर्न, आफूले चालेका मुभहरूको सम्भावित परिणामबारे सोच्न र संकटमा पनि सोच्ने सामर्थ्य विकास गर्न सिक्छन् ।

ध्यानको विकास : चेस खेलाडीले बोर्डमा आफ्नो ध्यान र लगाव केन्द्रित गर्न जरुरी हुन्छ । उनीहरूले विपक्षीका मुभ हेर्ने र आफ्नो रणनीति बनाउने गर्नुपर्छ । तसर्थ, नियमित रूपमा चेस खेल्नेहरूको ध्यानशक्ति निकै राम्रो हुन्छ । 

स्मरणशक्ति : चेस खेल्दा विपक्षी तथा आफूले चालेका चालहरूलाई सम्झेर त्यहीअनुसार रणनीति बनाइराख्नुपर्छ । त्यही कारण मस्तिष्क निकै सक्रिय रहन्छ । यसले स्मरणशक्तिलाई तेज बनाउन सहयोग गर्छ । 

सिर्जनात्मक क्षमताको वृद्धि : चेसले खेलाडीलाई फरक खाले मुभ चाल्न सिकाउँछ । जसकारण सिर्जनात्मक क्षमता वृद्धि भएर जान्छ । खेलाडीले फरक ढंगले सोच्ने सामर्थ्यको विकास गर्न थाल्छन् । कठिन समस्याहरूको पनि सिर्जनात्मक समाधान खोज्ने प्रयास गर्छन् । 

ad
ad