१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १४ मंगलबार १३:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

हङकङविरुद्ध बहराइन २२ रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार १३:o९:oo

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा बहराइनले हङकङमाथि २२ रनको जित निकालेको छ।

मूलपानी क्रिकेट मैदानमा बहराइनले पहिलो ब्याटिङ गरी १९.३ ओभरमा सवै विकेट गुमाएर एक सय ४६ रनको मध्यम योगफल खडा गरेको थियो। सहज लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा एक सय २६ रनमा अल आउट भयो। बहराइनको जितमा अब्दुल मजिदले ३.१ ओभरमा सात रन खर्चेर सर्वाधिक तीन विकेट लिए।

हङकङको ब्याटिङमा अंशय राथले ३० बलमा २८ रन र जेशान अलिले २१ रन जोडेका थिए।

यसअघि ब्याटिङ गरेको बहराइनका लागि इमरान अलीले सर्वाधिक ६२ रन बटुले। उनले ४३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । बराइनले २१ अतिरिक्त रन पाएको थियो।

आजै त्रिवी क्रिकेट मैदानमा भएको समूह ‘ए’को खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको छ।