१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १४ मंगलबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक १४ मंगलबार १२:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० विश्वकप एसिया छनोट : ओमानले सिंगापुरलाई हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक १४ मंगलबार १२:५९:oo

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटमा ओमानले मंगलबार त्रिवि क्रिकेट मैदानमा सिंगापुरलाई २२ रनले हराएको छ।

पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रनको योगफल खडा गरेको थियो। प्रत्युत्तरमा सिंगापुरले २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५२ रन मात्र जोड्यो। समूह ‘ए’मा ओमानले लगातार दोस्रो जित निकालेको हो। यसअघि ओमानले मलेसियालाई ३२ रनले हराएको थियो।

यस समूहमा लगातार दोस्रो जितका साथ ओमान शीर्ष स्थानमा उक्लेको छ। आजै नेपाल र मलेसियाबीच खेल हुँदै छ। मलेसियालाई हराउँदा रनरेटको आधारमा नेपाल शीर्ष स्थानमा उक्लन सक्नेछ। लगातार दोस्रो हारले सिंगापुरको विश्वकप छनोट यात्रा कठिन बनेको छ।

ओमानको ब्याटिङमा अकिव लियासले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ३५ बलमा समान चार चौका र छक्का प्रहार गरे। प्रतीक अथभालेले ३२ बलको सामना गरी सात चौकाको सहयोगमा ४२ रनको योगदान दिए। 

प्रत्युत्तरमा क्रिजमा ओर्लेको सिंगापुरका लागि सुरेन्द्रान हिट विकेट हुनुअघि ४१ रनमा आउट भए। उनले ३१ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए। तेस्रो क्रमका ब्याट्सम्यान अनिष परामले २३ बलमा २६ रन जोडे।