१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाली मोटरसाइकल प्रयोग भएको खुलासा 

प्रधानाध्यापक हत्या प्रकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo

बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापकमाथि नेपाली नम्बरप्लेटकाे मोटरसाइकल प्रयोग गरेर गोली प्रहार भएको पाएको छ।

प्रधानाध्यापक रुपेश स्वर्णकारमाथि अज्ञात समूहले नेपाली मोटरसाइकलमा सवार भएका सुटरले टाउको र छातीमा गोली हानेको प्रहरीले स्रोतले जनाएको छ।

उनको हिन्दू पराम्पराअनुसार आज बिहान अन्त्येष्टि गरिएको छ। मोटरसाइकलमा सवार दुईजना व्यक्तिले बाल एकता बोर्डिङ स्कुलनजिकै मदर्सा टोलमा स्वर्णकारमाथि गोली प्रहार गरेका थिए।

घटनास्थलमा प्रहरी पुगेको र गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको छ। प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार घटनामा संग्लन केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान भइरहेको  छ। 

 

ad
ad