Skip This
अनलाइन बैंकिङ कसरी सुरक्षित प्रयोग गर्ने ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अनलाइन बैंकिङ कसरी सुरक्षित प्रयोग गर्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:१९:oo

१. अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिऔँ ।
२. अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । मोबाइल बैंकिङका लागि आधिकारिक मोबाइल एप पहिचान गरेर मात्रै इन्स्टल गर्ने ।
३. अनलाइन बैंकिङमा प्रयोग हुने कम्प्युटर, मोबाइल र ल्यापटपमा अनिवार्य रूपमा पासवर्ड, प्याटर्न, पिन, बायोमेट्रिक आदिको प्रयोग गरी लक गरौँ ।
४. अनलाइन बैंकिङको युआरएल सधैँ टाइप गरी र कहिल्यै पनि इमेल लिंक वा अन्य वेबसाइटमा रहेको हाइपरलिंक गरी प्रयोग नगरौँ । 
५. अनलाइन बैंकिङका लागि मल्टी फ्याक्टर अथेन्टिकेसन जस्तै– मोबाइल नम्बर, ओटिपी, फिंगरप्रिन्टलगायत प्रयोग गरौँ । 
६. आफ्नो बैंक स्टेटमेन्ट नियमित चेक गरौँ । पासवर्ड नियमित परिवर्तन गरौँ ।
७. आफ्नो बैंक अकाउन्ट, पासवर्ड, पिनकोड, सिभिसी, ओटिपी कहिल्यै पनि कसैलाई नदिऊँ । बैंकका कर्मचारीले कहिल्यै पनि तपाईंको पासवर्ड, पिनकोड, सिभिसी, ओटिपीजस्ता विवरण नमाग्ने हुँदा फेक कल तथा स्क्यामबाट बचौँ ।
८. अनलाइन बैंकिङ प्रयोग गरिसकेपछि लग क्रेडिन्सियल कहिल्यै पनि ब्राउजरमा सेभ नगरौँ । अनलाइन बैंकिङ सेवा पनि लगआउट तथा साइनआउट गर्न नभुलौँ । 
९. साइबर क्याफेजस्ता सार्वजनिक स्थलका कम्प्युटरमा वा सार्वजनिक वाइफाईको प्रयोग गरी अनलाइन बैंकिङ सेवा प्रयोग नगरौँ । 
नेपाल दूरसञ्चार प्राधिकरण

ad
ad