१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २१ शुक्रबार १६:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिस्नुपानी दले पनि पार्टीभित्रकाे अन्तरद्वन्द्व हटेन : लेखराज भट्ट

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५२:oo

नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीभित्र देखिएको अन्तरद्वन्द्व हटाउन ‘सिस्नुपानी दले’ पनि अवस्था उस्तै रहेको बताएका छन्। शनिबार एमाले कञ्चनपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भट्टले पार्टीभित्र नेता–कार्यकर्ताहरूबीचको अन्तरद्वन्द्व हटाउन नसकिएको औँल्याएका हुन्।

‘हामीभित्रको अन्तरद्वन्द्व हटाउन गएको वैशाख १ गते धनगढीमा पार्टी उपाध्यक्ष विष्णु पौडेलज्यूकै उपस्थितिमा हामीभित्र रहेको विष हटाउन सिस्नुपानी दलेका थियौँ,’ उनले भने, ‘उता हामीले सिस्नुपानी दलेर एक-आपसमा विष हटाउने काम गर्‍यौँ, यतातिर पार्टीलाई रणभूमि बनाइरहेका छौँ।’

अझै पनि पार्टीभित्र नयाँ र पुराना नेता-कार्यकर्ताबीच विभेद देखिएको उल्लेख गर्दै उनले त्यसलाई हटाउनुको विकल्प नभएको बताए।

एमाले कर्णाली प्रदेशका इन्चार्जसमेत रहेका पूर्वमन्त्री भट्टले उत्पादनका काममा जुट्नसमेत नेता-कार्यकर्तालाई आह्वान गरेका छन्।
 

ad
ad