१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एभरेस्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:२o:oo

एभरेष्ट बैंक लिमिटेडका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ । ९४ वर्षीय श्रेष्ठको गत ६ कात्तिकमा मेडिसिटी अस्तालमा उपचारका क्रममा निधन भएको हो ।

श्रेष्ठको अन्त्येष्टि उनकै इच्छाबमोजिम एभरेष्ट बैंकको सहयोगमा पशुपतिमा सञ्चालनमा रहेको कम दाउराले शव जलाइने प्रविधिमा आधारित वुडन क्रिमेटरीमा ७ कात्तिकमा सम्पन्न भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिए ।

‘स्वर्गीय श्रेष्ठको कुशल नेतृत्व एवं अभिभावकत्वमा एभरेष्ट बैंकले उदाहरणीय प्रगति गर्दै आफूलाई दिगो, दरिलो र विश्वासिलो बैंकका रूपमा स्थापित गर्न सफल भएको विदितै छ,’ उनले भने, ‘यस दुःखद घडीमा सान्त्वना प्रदान गर्ने सबैमा धन्यवाद वक्त गर्दै, शोकाकुल श्रेष्ठ परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

ad
ad