१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरको बाघझोरामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१२:oo

मकवानपुरको भीमफेदी गाउँपालिका– १ स्थित बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

त्रिभुवन राजपथअन्तर्गत पर्ने सो सडकमा शुक्रबार राति भएको दुर्घटनामा भीमफेदी– १ बैंकरोडका ३४ वर्षीय सुमिन लामाको मृत्यु भएको प्रहरीेले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए । 

दुर्घटनामा मोटरसाइकलमा सवार ३० वर्षीय रोमन बस्नेत घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको ना.१७प २१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक शाहले बताए ।