१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

औद्योगिक शान्ति खलबल्याउन खोजिएको भन्दै सिजी ब्रुअरीले गरायो ध्यानाकर्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३९:oo

सिजी ब्रुअरी प्रालिले उद्यमी–व्यवसायीमाथि आक्रमण गरी औद्योगिक शान्ति खलबल्याउन खोजिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । मजदुहरूले बोनसको विषयलाई लिएर उद्योगको व्यवस्थापनका अधिकारीमाथि गरिएको कुटपिट तथा अभद्र व्यवहारले औद्योगिक शान्ति खलबल्याउने भन्दै ब्रुअरीले सरोकारवालाको ध्यानाकर्षण गराएको हो । 

१ कात्तिकमा सिजी ब्रुअरीका मजदुरले बोनसको विषयलाई लिएर उद्योग व्यवस्थापकमाथि कुटपिट एवं अभद्र व्यवहार गरेको ब्रुअरीले आरोप लगाएको छ । सिजी ब्रुअरीले बिहीबार विज्ञप्ति जारी गर्दै मजदुरले गरेको अराजक व्यवहारप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । 

‘देशको अर्थतन्त्र मन्दीबाट गुज्रिरहेको, बजार शिथिल बनेको र कम्पनी न्यून क्षमतामा सञ्चालन भई अस्तित्व रक्षाका लागि संघर्ष गरिहेको अवस्थामा बु्रअरीमा कार्यरत मजदुरले अनधिकृत माग अगाडि गर्दै व्यवस्थापनका अधिकारीमाथि कुटपिट गर्ने, अभद्र व्यवहार गर्ने र औद्योगिक शान्ति खलबल्याउनेजस्ता गतिविधि निन्दनीय छन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता गैरकानुनी क्रियाकलापको समाधान कानुनबमोजिम हुने कुरामा कम्पनी स्पष्ट रहेको जानकारी गराइन्छ ।’

सिजी बु्रअरीले विगतमा आफ्ना मजदुर–कर्मचारीका लागि उत्कृष्ट सेवा–सुविधा उपलब्ध गराउँदै आएको दाबी गरेको छ । ‘सोही कारण विगतमा समग्र औद्योगिक सम्बन्ध बिग्रिएको अवस्थामा समेत सिजी इन्डस्ट्रियल पार्कमा व्यवस्थापन र मजदुरबीचको सौहार्दपूर्ण वातावरण देशकै उदाहरणका रूपमा लिने गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘सिजी ब्रुअरीले देशको आर्थिक अवस्था सहज रहेको समयमा आफ्ना मजदुर–कर्मचारीलाई विगतका वर्षमा ६ महिनासम्मको बोनस वितरण गरेको थियो । तर, अहिले अर्थतन्त्र मन्दीबाट गुज्रिरहेका कारण त्यसको गम्भीर नकारात्मक असर सिजी बु्रअरीमा परेको छ ।’

परिसंघको पनि ध्यानाकर्षण
सिजी ब्रुअरीको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग परिसंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । परिसंघले बिहीबार विज्ञप्ति जारी गर्दै सिजी ब्रुअरीका कर्मचारीमाथि सांघातिक आक्रमण गर्नेहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

परिसंघले आफ्ना असहमतिलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट अगाडि बढाई समाधान खोज्न आग्रह गरेको छ । कर्मचारी कुटपिट गर्ने, ढुंगामुढा गर्ने, कार्यालय तोडफोड गर्नेजस्ता अराजक गतिविधि नगर्न आग्रह गरेको छ ।