१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:२३:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दसैँ बिदामा बालबालिकाको हेरचाह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२३:oo

दसैँ आउँदा सबैभन्दा रमाइलो बालबालिकालाई लाग्छ । स्कुल बिदा हुने भएकाले दसैँ–तिहारको बिदाको महत्व बेग्लै हुन्छ । अधिकांश विद्यालयले दसैँ, तिहार र छठ पर्वको एकैसाथ एक महिने बिदा दिने गरेका हुन्छन् । कतिपयले दसैँलगत्तै विद्यालय सञ्चालनमा ल्याउँछन् । 

बिदाको समयमा अभिभावकले उनीहरूको पढाइमा असर पर्ला भनेर चिन्ता गरेको पाइन्छ । बालबालिकाले बिदामा के गर्ने ? कसरी सदुपयोग गर्ने ? यस विषयमा अभिभावकले विशेष ध्यान दिनुपर्ने हुन्छ । उनीहरूलाई बिदाको समय विभिन्न क्रियाकलापमा सक्रिय बनाउन सकिन्छ । बालबालिकाको शारीरिक तथा मानसिक विकास हुने खालका क्रियाकलापमा सक्रिय बनाउन सकिन्छ । 

पाटन अस्पतालका बालविकास विशेषज्ञ डा. अनिलराज ओझा बिदाको समयमा उमेरअनुसार बालबालिकालाई विभिन्न क्रियाकलापमा सक्रिय बनाउन सकिने बताउँछन् । उनी भन्छन्, ‘साना बच्चालाई इन्डोर गेम पनि खेलाउन सकिन्छ । उमेरअनुसार बच्चालाई विभिन्न खेल खेलाउन सकिन्छ । पेन्टिङ गराउने, साना बच्चालाई खेल्ने सामग्रीहरू किनेर ल्याइदिने गर्नुपर्छ । यसो हुँदा उनीहरू खुसी पनि हुन्छन् र व्यस्त पनि ।’

‘स्क्रिन’ समय सीमित गर्नुस् 
बिदाको समय बालबालिकामा ‘स्क्रिन’ समय बढी हुन सक्ने जोखिम रहने पाटन अस्पतलाका बालविकास विशेषज्ञ डा. अनिलराज ओझाले बताए । ‘बिदाको समयमा बच्चाहरू स्क्रिनमा बढी समय बिताउन खोज्छन् । मोबाइल, ल्यापटप, टिभीमा गेम खेल्ने हुनाले समय धेरै बित्न सक्छ । यसले उनीहरूको विकासमा असर पुग्छ । यसलाई कम गर्न पनि उनीहरूलाई अन्य गतिविधिमा व्यस्त राख्नुपर्छ,’ उनले भने, ‘शारीरिक रूपमा सक्रिय रहने फुटबल, क्रिकेट, ब्याडमिन्टनजस्ता खेल खेलाउन सकिन्छ । यसले उनीहरूलाई सामाजिक पनि बनाउन सहयोग मिल्छ । जसले मानसिक र शारीरिक विकासमा मद्दत गर्छ,’ उनले भने । 

बिदाको समयमा अभिभावकले उनीहरूको पढाइमा असर पर्ला भनेर चिन्ता गरेको पाइन्छ । बालबालिकाले बिदामा के गर्ने ? कसरी सदुपयोग गर्ने ? यस विषयमा अभिभावकले विशेष ध्यान दिनुपर्ने हुन्छ । उनीहरूलाई बिदाको समय विभिन्न क्रियाकलापमा सक्रिय बनाउन सकिन्छ ।

बिदाको समयमा बच्चालाई सिर्जनात्मक काममा सक्रिय गराउन सकिने उनले बताए । ‘उनीहरूको ज्ञान बढाउने खालका क्रियाकलाप गराउन सकिन्छ । बुबाआमासँगै बसेर कथा पढ्न सकिन्छ । नयाँ ठाउँमा घुमाउन लैजानुपर्छ । पार्कतिर घुमाउन लैजान सकिन्छ । प्रकृतिसँग नजिक हुन सिकाउनुपर्छ । विभिन्न सामाजिक भेटघाट तथा सांस्कृतिक कार्यक्रममा लैजान सकिन्छ ।’ 

अमोहा क्लिनिकका मनोविद् डा. विजय ज्ञवाली बालबालिकालाई दसैँ–तिहारको सांस्कृतिक पक्ष बुझाउन अभिभावकको ठूलो भूमिका रहने बताउँछन् । धार्मिक, सांस्कृतिक र नैतिक ज्ञान आर्जन गर्ने अवसर चाडपर्वले प्रदान गर्ने भएकाले अभिभावकले आफूसँगै सामाजिक गतिविधिमा बच्चाहरूलाई संलग्न गराउनुपर्ने उनले बताए । ‘नेपालीको एक मुख्य चाड भएको कारणले यसको विशेष महत्व छ । दसैँका वेलामा कतिपय अभिभावक खानपिन र रमाइलोमा व्यस्त हुँदा आफ्नो बच्चाको पर्याप्त हेरचाह गर्न पाउँदैनन् । बच्चाले डिस्टर्ब नगरून् भनेर मोबाइल दिने वा टिभी खोलिदिने अनि आफू अन्य काममा सक्रिय रहने गर्छन् । तर, हामीले बच्चालाई घरायसी गतिविधिमा पनि संलग्न गराउने गर्नुपर्छ,’ ज्ञवालीले भने, ‘घर सफा गर्ने, पूजापाठ गर्ने, खानेकुरा पकाउनेलगायत काम गर्दा उनीहरूलाई पनि सँगसँगै राख्नुपर्छ । ठूलाबडाबाट उनीहरूले संस्कार, संस्कृति र विभिन्न ज्ञान आर्जन गर्न सक्छन् ।’

बच्चालाई परिवार तथा समाजको महत्व बुझाउने अवसरका रूपमा दसैँलाई लिनुपर्ने उनले बताए । ‘बच्चालाई परिवारको महत्व बुझाउने अवसर पनि हो । अभिभावकले बच्चासँग समय बिताउने अवसर पनि हो,’ उनले भने । शिक्षकहरूले पनि बच्चालाई दसैँको बिदामा दसैँ तथा हाम्रा मौलिक पर्वसँग सम्बन्धित गृहकार्य दिनु राम्रो हुने ज्ञवालीको सुझाव छ । ‘यस्ता गृहकार्यले विद्यार्थीको सिर्जनात्मक क्षमताको विकास हुन्छ । कला, गीत, नृत्य, संस्कृति र परम्पराबारे बुझ्न र बुझाउन सकिन्छ,’ ज्ञवालीले भने, ‘बिदालाई गलत तरिकाले प्रयोग नगरून् भनेर विद्यालयले यस्ता गृहकार्य दिन सक्छन् । तर, अत्यधिक गृहकार्य दिएर बच्चामाथि उल्टै दबाब सिर्जना गर्नुहुँदैन । चाडपर्वमा उनीहरूलाई पनि रमाउन दिनुपर्छ ।’

ad
ad