१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

दसैँमा फर्निचर खरिद गर्दा... 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१२:oo

सहरी क्षेत्रमा आधुनिक शैलीका घरमा निर्माणसँगै आकर्षक र आरामदायी फर्निचरको प्रयोग बढेको छ । दसैँमा घरका कोठालाई सजाउन चाहनेहरूको संख्या अझै धेरै देखिन्छ । हामीले नयाँ फर्निचर किन्दा केही कुरामा भने ख्याल राख्न जरुरी छ । 

कोठाको रङसँग म्याच हुने गरी फर्निचर खरिद गर्नुपर्छ । सोफा मिलाउँदा लाइट नमिल्ने, पर्दा मिलाउँदा भित्ताको रङ नमिल्ने भयो भने भद्दा  देखिन्छ । त्यसले मोडर्न वा क्लासिक कुन थिममा डिजाइन गर्ने भन्ने पहिल्यै तय गर्नुपर्छ । यसका लागि इन्टेरियर डिजाइनरसँग सल्लाह लिन पनि सकिन्छ । कोठामा उपलब्ध क्षेत्रफलअनुसार फर्निचर किन्नुपर्छ । कतिपय अवस्थामा मानिसहरू हतारमा फर्निचर किनेर ल्याउँछन् । तर, कोठामा त्यो म्याच नहुन पनि सक्छ । 

आवश्यकताअनुरूप फर्निचरको सूची तयार गरी खरिदको योजना बनाउनु राम्रो हुन्छ । आफ्नो घरमा सुहाउँदो र खर्च कम लाग्ने फर्निचर छनोट गर्नु बुद्धिमानी हुन्छ । 

घरमा एकैखाले फर्निचर राख्नुभन्दा पनि कोठाअनुसार फरक–फरक बनाउँदा लुक्स आकर्षक देखिन्छ । रङ र डिजाइनसँगै कत्तिको टिकाउ छ भन्ने पनि ख्याल गर्नुपर्छ । हतारमा सामान किन्दा कमसल पनि पर्न सक्छ । 

नेपाली बजारमा स्वदेश र विदेशमा उत्पादित विभिन्न ब्रान्डका नयाँ डिजाइनका फर्निचर पाइन्छन् । सस्तो बजेटमा पनि फर्निचर राख्न सकिन्छ । वालपेपर, फ्लोरिङअनुसार कसरी कोठालाई चिटिक्क बनाउने, भान्सा, बेडरुम र बैठकमा कस्ता फर्निचर राख्ने भन्ने विषय ख्याल गर्नुपर्छ । 
 

ad
ad