१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:४५:oo

दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ । महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेस्क स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताए ।

हेल्थ डेस्कमा काठमाडौं महानगरपालिका वडा नं २६ को टोली खटाइएको छ । उहाँले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए । यस्तै महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागि पिउने पानीको समेत व्यवस्था मिलाएको छ । 

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौंबाट बाहिर गएको बताए । उनले आगामी एक–दुई दिनमा उक्त संख्या बढ्नेसमेत उल्लेख गरे । अहिले दैनिक काठमाडौंको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।

ad
ad