१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मे ४ मा कजाकिस्तानको अल्माटीमा रहेको फोटोभोल्टिक पावर प्लान्टमा सौर्य ऊर्जा प्यानल अवलोकन गर्दै मजदुर । तस्बिर : सिन्ह्वा
हुसेन अस्करी
२०८० असोज ३० मंगलबार ०८:५४:००
Read Time : > 3 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्वव्यापी चुनौती सामना गर्ने चिनियाँ दृष्टिकोण

Read Time : > 3 मिनेट
हुसेन अस्करी
२०८० असोज ३० मंगलबार ०८:५४:००

चीनका राष्ट्रपति सी जिनपिङले इतिहासमा सबैभन्दा ठूलो विश्वव्यापी विकास प्रयास बेल्ट एन्ड रोड इनिसिएटिभ प्रस्ताव गरेको १०औँ वर्षमा विश्व एउटा दोबाटोमा खडा छ । एक दिशामा भूराजनीतिक प्रतिस्पर्धा, शून्य योग खेल, द्वन्द्व र अस्थिरता छन् भने अर्को दिशामा दुवै पक्षलाई समान सहयोग, शान्ति र समतामूलक विकास छन् ।यसविरुद्धमा केही पश्चिमा शक्तिको नेतृत्वमा व्यापक अपमानपूर्ण अभियानका  बाबजुद चीनले १५० भन्दा बढी देश र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थासँग बिआरआई सहयोग कागजातमा हस्ताक्षर गरेको छ, जसले पहल प्रदर्शनको प्रमाण दिन्छ ।

विश्व अझै पनि अस्तित्वको खतरा (प्राकृतिक र मानव निर्मित)बाट उत्पीडित छ र संयुक्त राष्ट्रसंघीय ०३० दिगो विकासका लक्ष्य टाढाभन्दा टाढा धकेलिएका छन् । केबल चीन र यसको बेल्ट एन्ड रोड इनिसिएटिभले मात्र यी सबै चुनौती पार
गर्न सक्दैन ।

केही समयअघि अफ्रिकाको जोेहनेसबर्गमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा आफ्नो सम्बोधनमा राष्ट्रपति सीले एउटा प्रसिद्ध अफ्रिकी उखान स्मरण गरेका थिए,  ‘तिमी छिटो जान चाहन्छौ भने एक्लै जाऊ, तर टाढा जान चाहन्छौ भने सँगसँगै जाऔँ ।’ यसले विगत ४० वर्षभन्दा बढीको अवधिमा चीनको तीव्र गतिको आर्थिक विकासका साथै विश्वव्यापी चुनौती पार गर्न अन्य देशसँग मिलेर काम गर्नुपर्ने आवश्यकता प्रतिबिम्बित गर्छ ।

विश्व इतिहास र दर्शनमा आफ्नो गहिरो ज्ञानका साथ राष्ट्रपति सीले यी चुनौतीको सामना गर्न चारवटा पहलको प्रस्ताव गरेका छन् । चिनियाँ परम्परामा ‘सद्भाव’को धारणा केवल आध्यात्मिक विषय होइन, बरु एक समग्र दृष्टिकोण हो, जुन राष्ट्रिय र विश्वव्यापी तहमा शासनसहित जीवनका अन्य तत्वमा फैलिएको छ ।

विश्वले विगतका वर्षमा सन् २००८ को  विश्वव्यापी वित्तीय संकटदेखि कोभिड–१९  महामारीसम्मको शृंखलाबद्ध संकटको सामना गरेको छ । यी संकटले विभिन्न देश र क्षेत्रमा फरक–फरक प्रभाव पारेको छ र तिनीहरूको (विशेषगरी महामारी कालको समयमा ) देशहरूमा पारेका भयानक आर्थिक प्रभाव अहिले पनि जारी छन् ।

‘कोभिड–१९ को गम्भीर धक्काको पृष्ठभूमिमा सन्तुलित, समन्वय र समावेशी वृद्धिको नयाँ चरणमा विश्वव्यापी विकासलाई अघि बढाउन’ राष्ट्रपति सीले सन् ०२१ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाको ७६औँ बैठकमा आफ्नो भिडियो सम्बोधनमा विश्वव्यापी विकास पहलको प्रस्ताव राखेका थिए ।

ग्लोबल सेक्युरिटी इनिसिएटिभको सबैभन्दा राम्रो प्रमाणीकरणमध्ये एक साउदी अरेबिया र इरानबीच मार्च सन् २०१३ मा चीनले मध्यस्थता गरेको मेलमिलाप थियो । यसले दुई देशको मात्र नभई सम्पूर्ण मध्यपूर्व र बाहिरको सुरक्षाका लागि प्रभाव पारेको छ । यो सुरक्षा उपलब्धि सन् ०२२ मा चीन र अरब देश तथा चीन र इरानबीचको आर्थिक सहयोगको अभूतपूर्व स्तरोन्नति हुनुअघि थियो ।

विश्वव्यापी विकासलाई प्रवद्र्धन गर्न राष्ट्रपति सीले ‘विकासलाई प्राथमिकतामा राखेर प्रतिबद्ध रहन’ आह्वान गरे । ‘विकास’ भनेको के हो भन्ने विषयमा जानाजानी वा अन्य ढंगले ठूलो भ्रम सिर्जना गरिएको छ । औद्योगिक अर्थतन्त्रले आफ्नो र विकासोन्मुख देशका लागि विकासका छुट्टै स्तर परिभाषित गरेका छन् । तिनीहरूको सम्बन्ध ‘सहायता’ नीतिमध्ये एक हो, जुन अन्याय र विभेदपूर्ण छ ।

अर्कोतर्फ ब्रिक्स शिखर सम्मेलनमा सीले भने, ‘विकास सबै देशहरूको अविभाज्य अधिकार हो, केवल केहीका लागि आरक्षित विशेषाधिकार होइन ।’ उनले अगाडि थपे, ‘विश्व आर्थिक पुनरुत्थान अझै पनि अस्थिर छ र विकासोन्मुख देशहरूका लागि डरलाग्दो चुनौती छन् । यसले सन् ०३० को दिगो विकास लक्ष्य प्राप्त गर्ने तिनीहरूको प्रयासलाई बाधा पु¥याइरहेको छ ।

सन् २०२१ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै राष्ट्रपति सीले विकासको अर्थ ‘ गरिबी निवारणमा प्राथमिकताका आधारमा सहकार्यलाई अगाडि बढाउने, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको प्रतिक्रिया र खोप, विकास वित्तपोषण, जलवायु परिवर्तन र हरित विकास, औद्योगीकरण, डिजिटल अर्थतन्त्र र कनेक्टिभिटीलगायत अन्य क्षेत्र र दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाको कार्यान्वयनलाई तीव्रता’ दिने बताएका थिए । यो एउटा यस्तो प्याकेज हो, जसका बारेमा कुनै भ्रम छैन ।

रुस–युक्रेन द्वन्द्वको प्रकोपसँगै विश्व हिंसा र असुरक्षाको नयाँ चपेटामा परेका वेला सबै देशको ‘सुरक्षा’को  रूपरेखा प्रस्तुत गर्दै राष्ट्रपति सीले सन् ०२२ को अप्रिलमा ग्लोबल सेक्युरिटी इनिसिएटिभको प्रस्ताव गरे ।ग्लोबल सेक्युरिटी इनिसिएटिभका मुख्य तत्व ठूला वा साना सबै पक्षको सुरक्षा सरोकारलाई ध्यानमा राख्नुपर्छ । सुरक्षा र विकास अविभाज्य छन् । आर्थिक विकासविना शान्ति–सुरक्षा हुन सक्दैन र शान्ति–सुरक्षाविना आर्थिक विकास हुँदैन । अफगानिस्तान, इराक, लिबिया, सिरिया, सोमालिया र अन्य देशमा अमेरिका र नेटोले गरेजस्तै बन्दुकको शक्तिबाट सुरक्षा ‘लाद्ने’ प्रयास नराम्ररी विफल मात्र भएन, बरु विश्वव्यापी सुरक्षा अवस्थालाई पनि बिगार्‍यो ।

 ग्लोबल सेक्युरिटी इनिसिएटिभको सबैभन्दा राम्रो प्रमाणीकरणमध्ये एक साउदी अरेबिया र इरानबीच मार्च ०१३ मा चीनले मध्यस्थता गरेको  मेलमिलाप थियो । यसले दुई देशको मात्र नभई सम्पूर्ण मध्यपूर्व र बाहिरको सुरक्षाका लागि प्रभाव पारेको छ । यो सुरक्षा उपलब्धि सन् ०२२ मा चीन र अरब देश तथा चीन र इरानबीचको आर्थिक सहयोगको अभूतपूर्व स्तरोन्नति हुनुअघि थियो ।

राष्ट्रपति सीले मार्चमा प्रस्ताव गरेको ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ यस अर्थमा अद्वितीय छ कि यसले ‘संस्कृतिको संवाद’को आधारमा विश्वव्यापी शासन र देशबीचको सम्बन्धको लक्ष्य स्थापना गर्न आह्वान गर्छ ।ग्लोबल सिभिलाइजेसन इनिसिएटिभले विभिन्न संस्कृति, इतिहास, धर्म, जीवनशैली र राजनीतिक र सामाजिक प्रणाली भएका देशबीच शान्तिपूर्ण सहअस्तित्वको अनुभूति गर्ने माध्यमलाई सम्बोधन गर्न राजनीतिक संवादको कोठालाई पूर्ण रूपमा नयाँ तहमा पु¥याएको छ ।

राष्ट्रपति सीको विचारमा ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ ध्रुवीकरण र साझा समृद्धि, शुद्ध भौतिकवादी खोज र समन्वित सामग्री, सांस्कृतिक र नैतिक उन्नति र ‘मानिस र प्रकृतिबीचको मेलमिलाप सिर्जना गर्ने’ बीचको विकल्प हो । त्यस्तै, यो शून्य योग खेल र परस्पर सहयोग,  अन्य देशको विकास मार्ग पछ्याउने र देशलाई उपयुक्त हुने बाटोमा विकास हासिल गर्नेबीचको छनोट हो ।

ग्लोबल सिभिलाइजेसन इनिसिएटिभको प्रस्ताव राखेर राष्ट्रपति सीले बेल्ट एन्ड रोड इनिसिएटिभको बहुआयामिक दृष्टिकोणमा ‘मानवजातिको साझा भविष्य भएको समुदाय’को अवधारणा थपेर पत्रैपत्र भएको एउटा केकमा बरफ र चेरीलाई माथि राखेका छन् ।
(चाइना डेलीबाट)