१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ललित र लोकेशको राष्ट्रिय टोलीमा पुनरागमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१७:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्पिनर ललितनारायण राजवंशी र युवा ब्याट्सम्यान लोकेश बमले स्थान बनाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ र युएईविरुद्धको त्रिकोणात्मक टी–२० सिरिजका लागि टोली घोषणा गर्दा राजवंशी र बमले पुनरागमन गरेका हुन् ।

आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटअघि क्यानले अभ्यासका रूपमा त्रिकोणात्मक सिरिज आयोजना गर्न लागेको हो । सिरिज १ कात्तिकदेखि मूलपानी मैदानमा हुनेछ । चोटका कारण ललितले गत साता चीनको हाङझाउमा भएको १९औँ एसियन खेलकुद प्रतियोगिता गुमाएका थिए । १९औँ एसियन खेलकुद प्रतियोगिताको तयारी क्रममा राजवंशी घाइते भएका थिए । 

उनको दाहिने कलर बोनको शल्यक्रिया गत ४ असोजमा भएको थियो । एक महिनाको अरामपछि उनी टोलीमा फर्किएका हुन् । टी–२० फम्र्याटमा पिन्च हिटरका रूपमा चिनिने बमले लामो समयपछि स्थान सुरक्षित गरेका हुन् । राजवंशी टी–२० टोलीमा सन् २०१९ पछि फर्किएका हुन् । उनले अन्तिमपटक कीर्तिपुर मैदानमा माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गरेका थिए । टी–२० मा उनले १२ खेलमा १० विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन ३÷६ को हो । ब्याटिङ क्रममा उनले तीन रन मात्र बनाएका छन् । टी–२० खेलमा उनको प्रतिओभर ६.०२ औसत रहेको छ । उनले सन् २०१८ मा लड्र्स मैदानमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका थिए । 

पछिल्लो समय एकदिवसीयमा राजवंशीको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । ५० ओभरको खेलमा उनले २३ खेलमा २८ विकेट लिएका छन् । ब्याटिङ क्रममा उनले २३ रन बनाएका छन् । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा घोषणा गरेको १८ सदस्यीय टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने समावेश छैनन् । सन्दीपले गत साता तत्कालका लागि त्रिकोणात्मक सिरिजमा सहभागी नहुने घोषणा गरेका थिए । घरेलु मैदानमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए । अब उनको अनुपस्थितिमा स्पिनको जिम्मेवारी सागर ढकाल, सूर्य तामाङ, मौसम ढकालले लिनेछन् । 

१९औँ एसियाडको अभ्यासका क्रममा घाइते भएका स्पिनर नारायण राजवंशीले एक महिनापछि त्रिकोणात्मक सिरिजमा स्थान पक्का गरे

डेढ वर्षपछि फर्किए बम
मध्यक्रममा विस्फोटक ब्याटिङ गर्न रुचाउने बम राष्ट्रिय टोलीमा डेढ वर्षपछि फर्किएका हुन् । उनले अन्तिमपटक सन् २०२२ को २८ मार्चमा पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेका थिए । उनले सन् २०२२ को फेब्रुअरीमा युएईविरुद्ध डेब्युको अवसर पाए । आठपटक अन्तर्राष्ट्रिय टी–२० खेलमा सहभागी उनले ६ इनिङ्समा ६६ रन बनाएका छन् । यसमा उनले ५४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरेका थिए । युएईविरुद्धको खेलमा उनले २१ बलमा समान दुई छक्का र चौका प्रहार गरी ३३ रन जोडेका थिए । उनी घरेलु टोलीमा एपिएफमा आबद्ध छन् । 

नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।

ad
ad