१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेन्ट्रल फाइनान्सले गर्‍यो शैक्षिक सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o५:oo

सेन्ट्रल फाइनान्स लिमिटेडले विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण गरेको छ । फाइनान्सको चाबहिल शाखाले काठमाडौं महानगरपालिका, वडा नं ६, रामहिटीमा रहेको श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यार्थीलाई युनिफर्म तथा शैक्षिक सामग्री वितरण गरेको हो । 

चाबहिल शाखा प्रमुख सरिता श्रेष्ठले युनिफर्म तथा शैक्षिक सामग्रीहरू विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर राईलाई हस्तान्तरण गरेको जनाइएको छ । हस्तान्तरणपश्चात् शाखा प्रमुख श्रेष्ठ र प्रधानाध्यापक राईले संयुक्त रूपमा विद्यार्थीलाई सहयोग सामग्री वितरण गरेको फाइनान्सले जनाएको छ । 

विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ११ जना विद्यार्थीलाई युनिफर्म तथा सातजना विद्यार्थीलाई ट्र्याक सुट र शैक्षिक सामग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताइन् । विद्यालयका प्रधानाध्यापक राईले संस्थाको कार्य स्वागतयोग्य तथा सराहनीय रहेको विचार व्यक्त गरेको फाइनान्सले जनाएको छ । फाइनान्सले हाल कुपन्डोलमा रहेको केन्द्रीय कार्यालयसहित १९ शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 
 

ad
ad