Skip This
वीर अस्पतालमा ६३ कर्मचारी थप गरिने 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २९ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २९ सोमबार १o:२o:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वीर अस्पतालमा ६३ कर्मचारी थप गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २९ सोमबार १o:२o:oo

स्वास्थ्य जनशक्ति अभाव भइरहेको वीर अस्पतालमा थोरै संख्यामा भए पनि नयाँ कर्मचारी भर्ना गरिने भएको छ । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आइतबार बसेको सिनेट बैठकले ६३ नयाँ दरबन्दी सिर्जनापछि नयाँ जनशक्ति थप गर्ने बाटो खुलेको हो ।

थप गरिएको दरबन्दी रेडियोग्राफर, प्लम्बर, नर्स, प्रयोगशालाकर्मी, पारामेडिक, सवारीचालकलगायततर्फको हो । नयाँ दरबन्दीमा डाक्टर नसमेटिए पनि ३० जना नर्स समेटिएका छन् । दरबन्दीसँगै नयाँ कर्मचारी पनि छिटोभन्दा छिटो भर्ना गरिने न्याम्सले जनाएको छ ।

हाल वीर अस्पतालमा सबैजसो शाखा तथा विभागमा कर्मचारी अभाव छ । एक साताअघि मन्त्री बस्नेतले विशेषज्ञ, एमबिबिएससहितका दुई सय ७६ जना स्वास्थ्यकर्मी निकालेपछि अस्पतालका सेवासमेत प्रभावित भइरहेका छन् । मन्त्री बस्नेतले तलब खुवाउन रकम नभएको भन्दै कोभिडका वेला राखिएका कर्मचारी हटाइएको बताउँदै आएका छन् ।