१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ प्रदर्शनी गर्दै महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o३:oo

 काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’सम्बन्धी सोच प्रदर्शनी गर्ने भएको छ । यसका लागि पहिलो चरणका विजेता शीर्ष ५० सोचका टोली नेतालाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले आर्थिक विकासका लागि महानगरपालिकाको सहजीकरण योजनाका विषयमा जानकारी गराएका थिए । उनले सोच र लगानीको भेट गराउने लक्ष्य रहेको जानकारी दिए । राजभण्डारीले भने, ‘यसबाट युवा र रोजगारीको क्षेत्रबाट आर्थिक विकासमा टेवा पुग्नेछ ।’ कार्यक्रममा योङ इनोभेसनका अध्यक्ष विभूषण विष्टले सोचलाई आर्थिक उपार्जनमा प्रयोग गर्न सकिने प्रशस्त ठाउँ रहेको बताए । 

३० असोजमा राष्ट्रिय सभागृहमा नवीन सोचको बजारीकरणसम्बन्धी प्रदर्शनी हुनेछ । त्यसपछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । आयोगकी सहायकविज्ञ अग्मा मालाकारले भनिन्, ‘अन्तिम चरणमा टेलिभिजन सो गरिनेछ ।’ नवीनतम सोचलाई उद्यमशील क्षेत्रका रूपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर बेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य हो ।

२ जेठ ०८० मा पहिलोपटक सूचना प्रकाशित गरेर आवेदन आह्वान गरिएको थियो । यसका लागि १९ जेठसम्म समय तोकिएको थियो । यस अवधिमा प्रस्ताव पठाउन नसकेका, तर सहभागी हुन इच्छा गरेका व्यक्ति तथा समूहलाई अवसर दिन १० दिन समय थप गरेर २९ जेठसम्म पु¥याइयो । यस अवधिमा सात सय ८६ जनाले आवेदन दिएका थिए । असार महिनामा दोस्रो चरणका लागि अन्तिम ५० समूह छनोट गरियो । यस चरणमा प्रतिस्पर्धाका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा सातवटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक–सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी एक सय एक सोच छानिएका थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए ।